+
+

छोराले एन्टेना बनाइदिन भनेपछि बाउले ठड्याइदिए इफेल टावर

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३२ गते १३:५४

कहिलेकाहीँ मानिसहरुले यस्तो काम गर्दछन् कि त्यसका कारण उनीहरु दुनियाँभर चर्चित बन्दछन् ।

क्युबाको राजधानी हबानामा बस्ने ५२ वर्षीय जर्ज एनरिक सेलडागोले पनि यस्तै अनौठो काम गरेका छन् । उनले आफ्नै घरको छतमा फ्रान्सको इफेल टावर ठडाइदिएका छन् ।

नजिकैको पार्कमा रहेको वाइफाइको सिग्नल टिपाउनका लागि एन्टेना बनाइदिन आफ्ना छोराले आग्रह गरेपछि सेलडागोले घरको छतमा १३ फिट अग्लो इफेल टावर बनाएका हुन् ।

पेरिस अफ त क्यारेबियन भनिने हबाना सहरका बासिन्दाले आफ्नै घरको छतमा पेरिसको चर्चित संरचना इफेल टावर खडा गरेपछि त्यसले चर्चा नपाउने कुरै भएन ।

अहिलेसम्म पेरिस गएर आफ्नै आँखाले इफेल टावर देख्ने मौका नपाएका सेलगाडोले फिल्म तथा तस्वीर हेरेरै इफेल टावरको प्रतिरुप तयार पारेका हुन् । पेसाले लेखापाल रहेका सेलगाडोले आफ्ना बुवाबाट फलामको काम सिकेका थिए । उनलाई उक्त टावर तयार पार्नका लागि उनका छोराले पनि सहयोग गरेका थिए ।

आफूले घरको छतमा बनाएको इफेल टावर लोकप्रिय बनेपछि अब स साना आकारका इफेल टावर बनाएर बेच्नेे योजना उनले बनाएका छन् ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?