Comments Add Comment

रुपन्देहीस्थित नेपाल आयल निगमका १० कर्मचारीमा कोरोना

३२ साउन, बुटवल । रुपन्देहीस्थित नेपाल आयल निगमका विभिन्न कार्यालयमा कार्यरत १० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  निगमको भलबारीस्थित प्रादेशिक डिपोका ३, निगमकै भैरहवास्थित पेट्रोल पम्पका ३ र गौतमबुद्ध विमानस्थलस्थित हवाई इन्धन डिपोका ४ जनामा कोरोना संक्रमण पुष्टि हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भलवारी डिपोका ४० जना, भैरहवा पम्पका २२ जना र विमानस्थल डिपोका १६ जना गरी ७८ जनाको स्वाब परीक्षण गर्दा १० जनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले बताए ।

डिपोका कर्मचारीमा कोरोना देखिएपछि विमानस्थलको हवाई इन्धन डिपो शुक्रबारबाट नै शिल गरिएको तथा भैरहवाको पेट्रोल पम्प र भलबारी डिपोबाट पनि आइतबारदेखि काम बन्द भएको प्रादेशिक डिपो कार्यालय भलबारीका प्रमुख इन्जिनियर सुरज शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment