Comments Add Comment

प्रधानमन्त्रीलाई देउवाको प्रश्न : आईसीयू र भेन्टिलेटर व्यवस्था गर्न किन ढिलाई ?

१ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली काग्र्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा बढ्दो चुनौती सामना गर्न सरकार असमर्थ देखिएको बताएका छन् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भएको भेटमा कांग्रेस सभापति देउवाले आफ्नो कामजोरीको समीक्षा गरेर नयाँ रणनीति बनाउन आग्रह गरेका छन् । तर सरकार अझै गम्भीर नभएको भन्क्दै उनले भनेका छन्, ‘आइसोलेसन र भेल्टिलेटर पर्याप्त व्यवस्थन गर्न किन ढिलाई ?

उनले सिन्धुपाल्चोकको लिदीवासीले सुरक्षित स्थानमा सार्न गुहार माग्दा पनि सरकारले ध्यान नपुर्‍याउँदा दुःखद घटना भ्एको बताएका छन् । यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले दिनुपर्छ कि पर्दैन ? देउवाले प्रश्न गरेका थिए ।

त्रिभुवन विश्वविद्यालय निश्चित विधिका आधारमा चलाउनेभन्दा पनि राजनीतिक पूर्वाग्रह बढी देखिएको भन्दै देउवाले प्रधानमन्त्रीको  ध्यानाकर्षण गराएका छन् ।

भेटमा प्रधानमन्त्रीले भने संवैधानिक परिषदको बैठक राखेर रिक्त पदमा नियुक्तिहरु गर्नुपर्ने प्रस्ताव राखेको र छलफल गर्दै जाने सहमति भएको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment