Comments Add Comment

बागमती प्रदेशसभाकी उपसभामुखलाई कोरोना संक्रमण

१ भदौ, हेटौडा । बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडामा रहेको प्रादेशिक प्रयोगशालामा ३ दिनअघिको स्वाब रिपोर्ट अनुसार उपसभामुख तामाङसहित १६ जनालाई सक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडामा रहेको सरकारी आवासमा सेल्फ आइसोलेसनमा रहेको स्वकीय सचिव एलिशा थापाले बताइन् । कोरोना पुष्टि भएपछि केही दिन अघिबाट उपसभामुखको प्रत्यक्ष सम्पर्कमा रहेका जानकारी गराएको र सचेत रहन भनिएको उनले जानकारी दिइन् ।

शारीरिक अवस्था सामान्य भएपनि रुघाखोकी देखिएको र अन्य समस्या नरहेको स्वकीय सचिव थापाले बताइन् ।

हिरासतबाट कोरोना फैलिएको आशंका

मकवानपुरमा हिरासतभित्र रहेका व्यक्तिबाट प्रहरीमा कोरोना संक्रमण सरेको देखिएको छ । मोटरसाइकल चोरी र लागु औषध मुद्धामा पक्राउ परेका बारा र पर्साका युवाको निगरानी गर्ने दुई जनासहित ८ प्रहरीमा सोमबार कोरोना संक्रमण देखिएको छ ।

गत साउन १३ गते पक्राउ परेका उनीहरुमा कोरोना संक्रमण देखिएको थियो । ती अभियुक्तलाई हाल गौरीटार आइसोलेसनमा राखिएको छ ।

थुनुवामा कोरोना देखिएपछि अन्य थुनुवा र प्रहरी कर्मचारीमा कोरोनाको जोखिम देखिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले जानकारी दिए । जिल्ला, इलाका र चौकीमा कार्यरत गरी हालसम्म मकवानपुरमा २९ प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको एसपी राठौरले बताए ।

थुनुवासँगै सरुवा भई आउने र घरबिदा सकेर आएका प्रहरीमा पनि कोरोना देखिएको छ

बसपार्कबाट एक बेबारिसे बालकलाई क्वारेन्टिनमा राख्दा उसमा पनि कोरोना संक्रमणदेखिएको थियो । उनीबाट पनि प्रहरीलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment