Comments Add Comment

कोम्पनीले लिए सन्यास, अब प्रशिक्षक बन्ने

१ भदौ काठमाडौं । म्यानचेस्टर सिटीका पूर्व कप्तान तथा डिफेन्डर भिनसेन्ट कोम्पनीले व्यवसायिक फुटबल खेलाडी करियरबाट सन्यास घोषणा गरेका छन् । उनले सोमबार खेलाडी करियरबाट सन्यास सन्यास घोषणा गरेका हुन् ।

खेलाडी करियरलाई अन्त्य गरेका कोम्पनी बेल्जियन क्लब एन्डरलेक्टको पूर्णकालिन मुख्य प्रशिक्षक बनेका छन् । उनको सम्झौता ४ वर्षको रहेको छ ।

गत समरमा उनी खेलाडी र प्रशिक्षकको रुपमा आफ्नो पुरानो क्लब एन्डरलेक्ट फर्केका थिए । उनले खेलमा ध्यान दिन अगष्टमा प्रशिक्षकको जिम्मेवारी छाडेका थिए ।

तर अब भने उनी पूर्ण रुपमा प्रशिक्षक बनेका छन् र प्रशिक्षकको रुपमा काम गर्न चाहेको बताएका छन् । ‘म प्रशिक्षकको रुपमा पूर्ण रुपमा भूमिका निर्वाह गर्न चाहन्छ र त्यसको लागि मेरो शतप्रतिशत समय चाहनिछ र म त्यसमै केन्द्रित हुनेछु’ ३४ वर्षका कोम्पनीले भने, ‘त्यसैले गर्दा मैले फुटबल खेलाडीको भूमिका छाडेको हुँ । हाम्रो उद्देश्य उही रहनेछ ।’

‘म क्लबमा कम्तीमा चार सिजन रहन चाहन्छु र एन्डरलेक्टले पनि आधुनिक शैलीको फुटबल खेल्न सक्छ भनेर नतिजासहित प्रमाणित गर्न चाहन्छु’ उनले अघि भने ।

डिफेण्डर कोम्पनीले सिटीमा बिताएका ११ वर्षमध्ये ८ सिजन कप्तानी गरे । उनले सिटीमा चार प्रिमियर लिग, दुई एफए कप, चार लिग कप र दुई कम्युनिटी सिल्डको उपाधि जितेका थिए । उनले बेल्जियमका लागि ८९ खेल खेलेका छन् ।

कोम्पनीले आइतबार मउसक्रोनविरुद्धको खेलबाट पहिलो पटक एन्डरलेक्टको प्रशिक्षकको भूमिका सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment