Comments Add Comment

बरुण र साराको ‘कुल्ली नम्बर १’ पनि डिजिटल प्लेटफर्ममा रिलिज हुने

भारतमा सिनेमा हलहरु कहिलेबाट खुल्छन् पत्तो छैन । दैनिक ५० हजार भन्दा धेरै कोरोना संक्रमित देखिएकाले पनि यो बर्ष सिनेमा हल खुल्छन् भन्न सकिने अवस्था छैन । यसैले पनि निर्माताहरुले रिलिजका लागि तयार भएका चलचित्रहरुलाई धमाधम डिजिटल माध्यमबाट रिलिज गर्न थालेका छन् ।

एक दर्जन भन्दा बढी चलचित्र डिजिटल माध्यमबाट रिलिज भैसकेका छन् । अब, नायक बरुण धवन र नायिका साराअली खान अभिनित चलचित्र ‘कुल्ली नम्बर १’ पनि डिजिटल रिलिज हुने भएको छ ।

यो चलचित्रलाई तिहारमा डिजिटल माध्यमबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । यो बर्ष मे महिनामा रिलिज गर्ने तयारी गरिएपनि कोरोना संक्रमणका कारण चलचित्रको रिलिज आउँदो बर्षको फ्रेबुअरीमा सारिएको थियो । तर, आउँदो बर्षको फ्रेबुअरीमा पनि चलचित्र रिलिज हुने संभावना कम छ । यही कुरालाई मध्यनजर राख्दै निर्देशक डेभिड धवन र उनको टिमले डिजिटल रिलिजको तयारी गरेको हो ।

‘भुज दि प्राइड अफ इन्डिया र लक्ष्मी बम्ब’पछि सर्वाधिक महंगो रकममा यो चलचित्र विक्री भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

नायक बरुण धवनले अभिनय गरेका केही चलचित्रले डिजिटल प्लेटफर्ममा राम्रो दर्शक पाएका थिए । यसैले, यो नयाँ चलचित्रका लागि दर्शकको बलियो उपस्थिती डिजिटल माध्यममा हुने देखेरै यसलाई महंगो रकममा खरिद गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment