५ भदौ, काठमाडौं । नेपालको अग्रणी ई–कमर्स कम्पनी सस्तोडिल र भारतको लोकप्रिय ई-कमर्स कम्पनी फ्लिपकार्टले आफ्नो लाखौं विक्रेताहरूको लागि सीमापार व्यापार सुरु गर्न रणनीतिक समझादरी गरी सम्झौता गरेका छन्। यस सँगै फ्लिपकार्ट सस्तोडिलको माध्यमबाट आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ।
सस्तोडिलले साझेदारी अन्तर्गत फ्लिपकार्ट बजारका भारतिय उत्पादनहरु (बच्चाका कपडाहरु, बच्चाका हेरचाहका सामाग्री, अडियो उपकरणहरु, पुरुष तथा महिलाका कपडाहरु, खेलका सामाग्री) नेपाली ग्राहकहरु लागि ल्याइनेछ।
सस्तोडिलका सस्थापक सिइओ अमुन थापाले भने, ‘फ्लिपकार्टको निजी ब्रान्डको उत्पादनहरू पनि सस्तोडिलले देखाउँनेछ । अब भारतिय उत्पादन पनि सस्तोडिलको माध्यमबाट अर्डर गरेको भोलिपल्ट नै उपलब्ध गराउनेछ।’
पहिलो चरणमा सस्तोडिलले अगस्ट मध्यबाट फ्लिपकार्टको निजी ब्रान्ड जस्तै मार्क्यु जस्ता राम्रा र गुणस्तरिय सामाग्रीहरु प्रदर्शन गर्ने संस्थापक सिइओ थापाले बताए ।
नेपाली ग्राहकले हालसम्म महंगो रकम तिरेर किन्नु परेको भारतिय उत्पादनहरु अब सस्तोडिलको माध्यम उचित मुलय तिरेरखरिद गर्न सक्ने थापाले बताए। फ्ल्पिकार्टका निजि उत्पादनहरू अब सस्तोडिलमा नेपालमै उपलब्ध हुने भएपछि ग्राकहले अर्डर गरेकै दिन अथवा भोलिपल्ट सामागीहरु पाउँनेछन्।
समझदारी पश्चात फ्लिपकार्टका निजि ब्राण्डका उपाध्यक्ष देव अय्यरले भने, ‘फ्लिपकार्ट निजी ब्रान्डको पोर्टफोलियो सधैं उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्ने र उचित मुल्याकंन गर्नु हो । उपभोक्ताको चाहानालाई मध्यनजर गर्दै गुणस्तरिय उत्पादनलाई जोड दिँदै आफ्नो ब्रान्डलाई भारत बाहिरका बजारमा लैजानु नै हाम्रो लागि एक प्राकृतिक प्रकृया रहेको उनले बताए । नेपाल र भारतको उपभोक्ताहरूको प्राथमिकता मिल्दोजुल्दो छ । हामी विश्वस्त छौं नेपालमा पनि हाम्रो निजी ब्रान्डको मार्क्यू र स्मार्टबाईलाई सहजै अपनाउने छन् ।’
अय्यर थप्छन् ‘हाम्रो साझेदार सस्ताडिलले नेपाल बजारमा अपार उपभोक्ता विश्वास पाइरहेको छ । जसले हामीलाई थप प्रोत्साहन दिन्छ कि साझेदार अन्तर्गत हामीले प्रस्ताव गरेको उत्पादनहरुलाई पनि उपभोक्ताहरूले माया गर्नेछन्।’
सस्तोडिलका सिसिओ अमितेश रायका अनुसार ‘फ्लिपकार्टको इलेक्ट्रोनिक्स र होम डेकोर, फर्निचरका उत्पादनहरु सस्तोडिलमार्फत सीमा पार बिक्रि वितरण सुरु गर्नेछ, भारतीय एमएसएमई पनि सिधै नेपाली उपभोक्ताहरुलाई बेच्न सकिनेछ।
सस्तोडिलले फ्लिपकार्टसँगको साझेदारीपछि निरन्तर उचित मूल्यहरूमा यसको उत्पादन दायरा बढाउनेछ र यसले आफ्ना ग्राहकहरूलाई उचित मूल्यमा उत्पादनहरु प्रदर्शन गर्नेछ।’
यो साझेदारीले नेपालमा ५० हजारभन्दा बढिका गुणस्तरिय उत्पादनहरु १५ देखि २१ दिनसम्म लाग्ने समयलाई सस्तोडिलले सिपिङ मुल्य पनि तिरेर तिन दिनमा उपलब्ध गराउने जनाइएको छ । सस्ताडिलले विक्रेताहरूको लागि बजार पहुँचका लागि ढोका मात्र खोल्दैन तर उनीहरूको व्यवसायलाई बृद्धि गर्न पनि सहयोग गर्दछ । नेपालमा ई–वाणिज्य व्यवसायको सम्भावनाहरू छन् जुन अनलाइन शपिंङले लिने विशाल सम्भावना छ।
फ्लिपकार्ट जस्ता एक ब्रान्डको विश्वासिलो उपभोक्ताहरूले सस्तोडिल जस्तो स्थानीय कम्पनीलाई पनि माया गर्नेछन् । जसले गर्दा उपभोक्ताहरूको लागि प्रस्तावित मूल्य अझ रमाईलो बन्नेछ ।
‘हामी विश्वस्त छौं कि नयाँ विकासको बाटोले भारतका स्थानीय एमएसएमईको आर्थिक भावना र वृद्धिको सम्भावना बढाउनेछ,’ फ्लिपकार्टका बजार प्रमुख जगजित हरोडेले भने ।
ससतोडिलमा फ्लिपकार्टबाट स्टार उत्पादन तथा भर्खर एक्ड्रोइडबाट प्रमाणिकरण भएको ‘मार्क्यु ४९ इन्च फोर के स्मार्ट टेलिभिजन र क्रोम–कास्टबाट अन्तर्निर्मित ४ दशमलव ४ ग्राहकले रेटिङ गरिसकेको टिभिको मुल्य ५४ हजार ९९९ रुपैयाँ कायम गरिएको छ। ग्राहकहरूले अर्डर गरेको भालिपल्ट डेलिभरिसँगै २ वर्षे वारेन्टीको साथमा टिभि निःशुल्क जोडिदिनेछन् । मार्क्यूसँगै ग्राहकहरूले फ्लिपकार्टको स्मार्टबाईमार्फत उचित मुल्यका अफरहरु पनि प्राप्त गर्न सक्नेछन् । जहाँबाट ग्राहकले दैनिकक उपभोग्य सामाग्रीहरु खरिद गर्न सक्छन् ।
आगामी दिनमा सस्तोडिलले फ्लिपकार्टमार्फत खेलकुद, फेसन, फर्निचर जस्ता अन्य सामाग्रीहरु पनि थप गर्ने बताइएको छ। डोल्मा इम्प्याक्ट फण्डका संस्थापक सिइओ टिम गोचरकाअनुसार, ‘धेरै शेयरधनी भएको एक मात्र इ–कमर्श कम्पनीको उल्लेखनिय वृद्धिको लागि नयाँ पाइला सार्नु प्राकृतिक नियम हो ।’
‘यो ग्राहकको ध्यान केन्द्रितका साथै उपभोक्ता तथा व्यवसायलाई आकर्षक उत्पादनहरू र मूल्यहरू प्रदान गर्न पूर्ण रूपमा पक्तिबद्ध छ,’ सस्तोडिल बोर्डका अध्यक्ष प्रतीक जालानले भने, ‘यो ई–कमर्श कम्पनीको लागि मात्र नभएर समग्र इकोसिस्टमको लागि परिवर्तनकर्ता हुनेछ ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4