
६ भदौ, चितवन । चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएकी हेटौंडाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर कोभिड ल्याबमा गरिएको परीक्षणमा हेटौडा उपमहानगरपालिका वडा नं ३ कि ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कलेजमा साउन ३२ गते उपचारका लागि भर्ना भएकी महिलाको शनिबार साँझ ७ बजेर २६ मिनेट जाँदा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको शनिबार साँझ नै पीसीआर परीक्षणको रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको भरतपुर कोभिड ल्याबले जानकारी दिएको छ ।
योसहित चितवनमा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । चितवनका तीन, कैलालीको एक र हेटौडाको दुई जनाको कोरोना संक्रमणबाट चितवनमा मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4