+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

भरतपुरको क्यान्सर अस्पतालमा कोरोना परीक्षण ल्याब सञ्चालनको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ७ गते ८:५२

७ भदौ, चितवन । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कोरोना परीक्षण ल्याव सञ्चालनको तयारी गरिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले अबको एक महिनाभन्दा कम अवधिमा नै कोरोना परीक्षण ल्याव अस्पतालमा सुरु गर्ने बताए । त्यसका लागि आवश्यक प्रकृया अघि बढेको छ । ‘हामीसँग पहिल्यै पीसीआर मेसिन छ, आवश्यक केही सामाग्री र भौतिक पूर्वाधारको तयारी भैरहेको छ,’ कार्यकारी निर्देशक डा. गौतमले भने, ‘करिब २०–२२ लाखको सामान टेण्डरमार्फत मागेका छौं, छिट्टै समान आउँछ भन्ने विश्वास छ ।’

सामान झिकाउन अस्पतालको आवश्यक सहयोग कम्पनीलाई हुने डा. गौतमले बताए । ल्याबमा दैनिक दुई सय भन्दा बढीको परीक्षण गर्न सकिने कार्यकारी निर्देशक डा. गौतमले जानकारी दिए । ‘हामीसँग जनशक्ति पनि, मुख्य मेसिन पनि छ, केही संरचना बनाउन र केही समान चाहिएको मात्रै हो,’ कार्यकारी निर्देशक डा. गौतमले भने, ‘यहाँ आउने बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मीको जाँच गरेर सुरक्षित सेवा दिन चाहान्छौं ।’

उनले सकभर एक घण्टाभित्र नै जाँच गरेर रिपोर्ट दिने मेसिन र रिएजेन्ट खोजिएको बताए ।

अस्पतालले अहिले भरतपुर अस्पताल मातहत सञ्चालित भरतपुर कोभिड ल्यावमा अप्रेशन गर्नुपर्ने बिरामी तथा चिकित्सक स्वास्थ्यकर्मीहरुको नमूना परीक्षण गराउँदै आएको छ । ल्याबमा चाप अधिक हुँदा बिरामीहरुको रिपोर्ट ढिला आउने हुँदा उपचार सेवासमेत प्रभावित हुँदै आएको छ । अस्पतालले भरतपुर कोभिड ल्यावका लागि दुई जना प्राविधिक जनशक्तिसमेत सहयोग गर्दै आएको छ ।

अस्पतालले अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी संक्रमित भएमा उनीहरुलाई राख्नका लागि आइसोलेसन तयार गरेको छ । साथै अस्पताल, अस्पतालका क्वारटरहरूको निर्मलीकरणको कामसमेत भएको कार्यकारी निर्देशक डा. देजकुमार गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?