
Photo Credit : फाइल फोटो
७ भदौ, जनकपुरधाम । धनुषामा जारी निषेधाज्ञा भदौ १४ गतेसम्म बढाइएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको बठैकले निषेधाज्ञाको समय बढाएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।
यसअघि ३२ साउनमा बसेको बैठकले भदौ ७ गतेसिम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको थियो । तर कोरोना संक्रमण फैलिने क्रम नरोकिएकाले निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ बमोजिम जिल्ला भरि निषेधाज्ञा लगाउने निर्णय भएको उनले बताए । यसअघि जनकपुरधाममा १९ साउनदेखि २५ साउनसम्म र २६ साउनदेखि ३२ साउनसम्म निषेधाज्ञा जारी गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4