+
+
Shares

कोरोना महामारीलाई गिज्याउने बल्खु बजारको दृश्य

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ७ गते २०:०३

७ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेको भन्दै स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा बुधबारदेखि निषेधाज्ञा जारी गरेको छ ।

मानिसहरु आआफ्नो घर कोठामा बसेका छन्, सरकारले पनि अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन भनेको छ । तर शुक्रबार बिहान फलफुल तथा तरकारी बजार, बल्खुमा देखिएको दृश्यले महामारीलाई नै गिज्याएको छ ।

बल्खुको सुरेन्द्र दास भेजिटेबल सप्लायर्समा शुक्रबार बिहान एक बोरा भिन्डी आएको थियो । भिण्डी किन्न खुद्रा ग्राहकबीच तछाडमछाड नै भयो । बोरामा रहेको भिण्डी झिक्न एक दर्जन भन्दा बढी मानिसमा देखिएको हतारोको भिडियो भाइरल भएको छ ।

के भएको हो बल्खुमा ?

निषेधाज्ञाका कारण कालिमाटी र बल्खुको तरकारी बजार बिहान १२ बजेदेखि साँझ ९ बजेसम्म खुल्छ । त्यही बल्खु बजारका सुरेन्द्रदास भेजिटेबल सप्लायर्सले बाराको जीतपुरबाट शुक्रबार मगाएको भिण्डी ढिलो गरी आइपुग्यो ।

त्यही किन्न लुछाचुँडी भएको प्रत्यक्षदर्शी तथा तरकारी व्यापारी रामभक्त बस्नेतले बताउँछन् । ‘बजारमा सामान सकिएको बेला भिन्डी आएपछि लुछाचुँडी भयो’ उनले भने, केहीले पैसा तिरे होलान्, कतिले त्यसै पनि लिएर गए होलान् ।’

एकातिर तीज, अर्कातिर निषेधाज्ञा भएका कारण बजारमा तरकारी कमै मात्र आएको छ । आएको र आएको तरकारी किन्न भिड र खोसाखोस हुने गरेको उनले सुनाए ।

बल्खुको यो दृश्यले तरकारी बजारमा कोभिड सचेतना कति छ भन्ने छर्लङ्ग बनाएको छ ।

बजार सञ्चालक मोहन बस्नेतले पनि बजारमा सामाजिक दुरी कायम गर्न खुद्रा व्यापारीले अटेर गरेको बताउँछन् । जति सम्झाए पनि नमानेपछि सुरक्षाकर्मी नै खटाएको उनको दाबी छ ।

शुक्रबारको घटनापछि आफूले मगाएको सामान बिक्री गर्न नसक्ने पसललाई सुरक्षाकर्मी उपलब्ध गराउने व्यवस्था गरिएको तथा भौतिक दुरी कायम गर्न माइकिङ थालिएको समेत उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?