८ भदौ, काठमाडौं । रियल मड्रिड र बार्सिलोना दुबै क्लबबाट खेलेका पोर्चुगिज लेजेण्ड लुइस फिगोले लिओनल मेसी रियल मड्रिड जान असम्भव भएको बताएका छन् ।
पोर्चुगलका पूर्व कप्तान फिगो २०० मा क्याम्प नोउ छाडेर रियल मड्रिड गएपछि बार्सिलोनाका फ्यानको भिलेन बनेका थिए ।
पछिल्लो समय मेसीले यसै समरमा बार्सिलोना छाड्ने चर्चा चलिरहेको छ । यसै सन्दर्भमा फिगोको धारणा सार्वजनिक भएको हो ।
‘यस वर्ष मेसीको रिलिज क्लब पूरा गर्न रियल मड्रिडका लागि असम्भव छ’ फिगोले आइतबार राति लिस्वनमा च्याम्पियन्स लिग फाइनल हुनुअघि भनेका थिए । मेसीको रिलिज क्लब ७०० मिलयन युरो रहेको छ ।
फिगोले अहिले उनको सम्झौताको लागि रकम तिर्न कठिन हुने बताए । ‘२० वर्षअघि जुन मेरो हकमा भएको भएको थियो मेसीले त्यही गर्न असम्भव छ’ फिगोले भने ।
प्रतिक्रिया 4