Comments Add Comment

भेन्टिलेटर र आईसीयूका लागि प्रत्येक प्रदेशलाई २ करोड

९ भदौ, काठमाडौं । संघीय सरकारले प्रत्येक प्रदेशमा ४ वटा भेन्टिलेटर र १० आईसीयूका लागि २–२ करोड रुपैयाँ निकासा गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले गरेको भर्चुंअल बैठकमा आईसीयू र भेन्टिलेटर किन्न रकम निकासा भइसकेको जानकारी दिएका हुन् ।

उनले कोरोना संक्रमणको बढि जोखिम भएका जिल्लाका लागि सरकारले एमडी र एमएस पास गरेका चिकित्सक खटाएको पनि जानकारी दिए । प्रदेश २ मा मात्रै २३ जना स्वास्थ्यकर्मी पठाएको प्रमुख विशेषज्ञ पोखरेलले बताए ।

उनका अनुसार वीरगञजको नारायणी अस्पतालमा ११ जना गइसकेका छन् । गौर अस्पताल र जनकपुरमा जाँदैछन् ।

पोखरेलले एक साताभित्रै काठमाडौं उपत्यकामा कन्ट्याक्ट ट्रेसिङमार्फत् ४० देखि ५० हजार स्वाब परीक्षणको तयारी सरकारले गरिरहेको जानकारी दिए ।

बैठकमा सांसद एकवाल मियाँले प्रदेश२ मा दुई सयदेखि ५ सय जनशक्ति आवश्यक भएको बताए । उनले सरकारले पठाएका २३ जना ज्यादै कम हुने पनि बताए ।

देशभर १०७५ टिम ट्रेसिङमा

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ पोखरेलले देशभर १ हजार ७५ टिम कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा खटिएको जानकारी दिए ।

उनले घरमा छुट्टै बस्न सक्ने संक्रमितलाई स्थानीय तहको स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलनमा र घरमा बस्न नसक्नेलाई सरकारले आइसोलेसनमा राख्ने बताए ।

लक्षण देखिएकालाई भने अस्पतालमा नै राख्ने प्रबन्ध मिलाएको प्रमुख विशेषज्ञ डा. पोखरेलले जानकारी दिए । कोरोना प्रभावित क्षेत्र वा जिल्लाहरुमा स्वास्थ्य सामाग्री पनि पठाइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment