+
+
Shares

बाढीग्रस्त क्षेत्रमा राहत पुर्‍याउन सशस्त्र प्रहरीलाई व्यावसायिक कार्गो ड्रोन सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाले बाढीबाट प्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउन सशस्त्र प्रहरी बललाई 'फ्रिफ्लाई अल्टा एक्स जेनटु' कार्गो ड्रोन सहयोग गरेको छ।
  • अमेरिकी दूतावासका उपप्रमुख नियोग प्रमुख स्कट अर्बोम, सार्वजनिक मामिला प्रमुख माइक हार्कर र विल भनले सोमबार ड्रोन हस्तान्तरण गरेका हुन्।
  • सशस्त्र प्रहरीले यो ड्रोन सडक तथा अन्य माध्यमबाट नपुग्ने बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री ढुवानी गर्न प्रयोग गर्नेछ।

२९ भदौ, काठमाडौं । अमेरिकाले बाढीबाट प्रभावित दुर्गम तथा कठिन भौगोलिक क्षेत्रमा अत्यावश्यक राहत सामग्री पुर्‍याउन सशस्त्र प्रहरी बललाई व्यावसायिक कार्गो ड्रोन सहयोग गरेको छ ।

अमेरिकामा निर्मित अमेरिकामा निर्मित ‘फ्रिफ्लाई अल्टा एक्स जेनटु’ ड्रोन सोमबार अमेरिकी दूतावासका उपप्रमुख नियोग प्रमुख स्कट अर्बोम, सार्वजनिक मामिला प्रमुख माइक हार्कर र क्षेत्रीय सुरक्षा अधिकृत विल भनले हस्तान्तरण गरे ।

सशस्त्र प्रहरीले ड्रोनको प्रयोग सडक तथा अन्य माध्यमबाट सहज रूपमा पुग्न नसकिने दुर्गम र बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री ढुवानी गर्न गर्नेछ।

यसअघि सेभेन समिट ट्रेक्सले आमादब्लममा उक्त ड्रोनको परीक्षण गरेको अमेरिकी दूतावासले जनाएको छ । उक्त ड्रोनले अक्सिजन सिलिन्डर र पर्वतारोहण सामग्री ढुवानी गरेको थियो ।

बाढी प्रभावित समुदाय तथा परिवारका लागि अमेरिकाले मानवीय, लजिस्टिक, फरेन्सिक, कन्सुलर तथा अन्य प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?