Comments Add Comment

सुनसरीमा २१ थुनुवालाई कोरोना संक्रमण

९ भदौ, विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका २१ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार आइतबार स्वाब संकलन गरिएका २१ थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकाहरु हत्या, बलात्कार, लागूऔषध, सवारी ज्यानलगायत मुद्धाका प्रतिवादी हुन् ।

उनीहरुलाई थुनुवाबाटै कोरोना सरेको आशंका गरिएको छ । ‘केही दिनअघि कारागार चलान भएका एकजना थुनुवामा संक्रमण देखिएको थियो’ एसपी थापाले भने ‘त्यहीबाट सरेको हुनसक्छ ।’

थुनुवालाई संक्रमण पुष्टि भएपछि प्रहरी कार्यालयमा सतर्कता अपनाइएको छ । थुनुवालाई नै कोरोना संक्रमण देखिएपछि मुद्दाको अनुसन्धान र कारवाही प्रक्रिया अन्योलमा परेको छ । म्याद थप र मुद्दा बुझाउने विषयमा अदालत र सरकारी वकिलसँग परामर्श गरिने थापाले बताए ।

मंगलबार प्रदेश १ मा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ८ सय ३२ पुगेको छ भने १ हजार ३३२ संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment