Comments Add Comment

उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस

९ भदौ, काठमाडौं । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र काठमाडौं मेयरहरुबीच भएको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार भएको बैठकले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकाका मेयरहरुसँग अहिलको अवस्थाबारे छलफल भएको बताए । उनले भने, ‘निषेधाज्ञा के गर्ने भन्नेबारे निर्णय भइसकेको छैन ।’ यद्यपि, एक अधिकारीले भने निषेधाज्ञाबारे ‘माथिको आदेश’ उपत्यकाका सीडीओहरुले पर्खिएको बताए ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार छलफलमा मेयरहरुले एक साता निषेधाज्ञा राखे आइसोलेसन सेन्टर बढाउन सकिने र प्रभावकारी ढंगले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताएका छन् ।

उपत्यकाका सीडीओहरुले ३ भदौको मध्यरातिबाट लागू हुने गरी एक साताको निषेधाज्ञा लागू गरेका थिए । जुन बुधबार सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment