+
+

मल नपाएका किसान भन्छन् : कृषिमन्त्रीको भाषणमात्रै राम्रो

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ९ गते २०:२८

९ भदौ, विराटनगर । मंगलबार साल्ट ट्रेडिङ कर्पोरेसनले मल बाँड्ने सुनेका कानेपोखरी गाउँपालिकाका चार सय भन्दा बढी कृषक भौसबारी चोकमा भेला भए ।

तर लाइनमा बसेका १५० जना जति किसानले मल नपाई रित्तै फर्किए । प्रतिव्यक्ति ११ किलोमात्र मल दिइएकाले पाउनेहरु पनि सन्तुष्ट हुन सकेनन् ।

‘एक विघा खेतलाई एक बोरा युरिया चाहिन्छ’ स्थानीय कृषक भेषप्रसाद आचार्य भन्छन् ‘११ किलो त पाइयो तर यसले छेउ टुप्पो भेट्दैन ।’ समयमा नै मल नपाउँदा धान नफल्ने अवस्था आएको उनको गुनासो छ ।

मल नपाएपछि रित्तो हात फर्कनु परेको अर्का कृषक राम आचार्यले बताए । ‘विहान ७ बजे पुग्दा १० बजेपछि बाँड्ने भने’, उनले भने ‘१० बजेपछि बुबा आमा पुग्दा मल छैन भन्दै रित्तो हात फर्काइदिए ।’

कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको भन्ने सरकारले चाहिने बेला मल उपलब्ध नगराएका कारण धान उत्पादन घट्ने कृषकको चिन्ता छ । ‘मन्त्री त राम्रो भाषण गर्थे, काम राम्रो गर्लान् जस्तो लागेको थियो । तर नसक्ने रछन्’ भेषराज भन्छन् ।

लकडाउनका कारण मल समयमा नै आयात हुन नसक्दा वितरण गर्न समस्या भएको साल्ट ट्रेडिङ विराटनगरका प्रमुख राधेश्याम चौधरी बताउँछन् ।

उनका अनुसार यो पटक साल्ट ट्रेडिङले ५ हजार ६ सय मेट्रिक टन मल माग गरेको थियो । तर मंगलबारसम्म ३४५ मेट्रिक टन मात्र मल आएको छ ।

प्रदेश १ मा कुल खपतको ३० प्रतिशत साल्ट ट्रेडिङले कोटा पाएको छ । ७० प्रतिशत कोटा पाएको नेशनल टे«डिङ लिमिटेडले भने वितरण नै गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?