
१० भदौ, रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा एक घर एक पीसीआर अभियान संचानल हुने भएको छ ।
गाउँपालिकाका अध्यक्ष अरुण साहले भदौ १२ गते शुक्रबार हेल्थ डेस्क सञ्चालन गरेर गाउँपालिकाका सबै घरधुरीका वासिन्दाको परीक्षण गर्ने बताएका छन् । परीक्षणका लागि स्वास्थ्य चौकीका कर्मचारीको व्यवस्थापनलगायतको काम गरेको उनले बताए ।
पछिल्लो समय रौतहटमा संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ । जिल्लाका सबै स्थानीय तहमा संक्रमण फैलिएको छ । रौतहटमा १९ हजार ९० जनाको स्वाब संकलन गरिएको छ जसमध्ये १६ हजार ६ सय २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ हजार ५ सय ४३ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
रौतहटमा ९ सय २४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । हाल रौतहटको आइसोसनमा १ सय ४० जना रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4