Comments Add Comment

‘बार्तामेउले राजीनामा दिए मात्र मेस्सी क्लबमा बस्छन्’

११ भदौ, काठमाडौं । अहिले विश्व फुटबलको ध्यान नै बार्सिलोना कप्तान लिओनल मेस्सीतर्फ केन्द्रित छ । मेस्सीले बार्सिलोना छाडछु भन्ने धारणा सार्वजनिक गरेपछि नै उनले अब के गर्छन् कता जान्छ् भन्ने प्रश्न उठेको छ । बार्सिलोनका पदाधिकारी भने मेस्सीलाई क्लबमै राख्ने कसरत गरिरहेको छ ।

यसै सन्दर्भमा अर्को वर्ष हुने क्लबको चुनावका अध्यक्षको उम्मेदवार रहेका भिक्टोर फोन्सले क्लबका वर्तमान अध्यक्ष जोसेफ मारिया बार्तामेएले राजीनामा दिएमात्र मेस्सी क्लबमा बस्ने बताएका छन् ।

क्बलमा मेस्सीको सम्झौता अझै एक वर्ष बाँकी छ । बार्सिलोनाले त्यसअघि नै मेस्सीलाई अन्त जानु दिन नहुने चर्चासमेत भइरहेको छ ।

त्यसका लागि बार्तामेउले राजीनामा दिएमात्र मेस्सी बार्सिलोना बस्ने फन्टले बताए ।

‘यदी मेस्सी क्लबमै रहने त्यहाँ कुनै विकल्प छ भने बार्तामेउले राजीनामा दिनुपर्छ,’ फोन्टले ओन्डा सेरो रेडियो सो एल ट्रान्सिटरसँग भने ।

६ पटकका बालोन डे ओर अवार्ड विजेता मेस्सीले मंगलबार क्लब छाड्न चाहेको भन्दै पत्र पठाएपछि विश्व पुटबल जगत नै आश्चर्यमा परेको थियो ।

३३ वर्षीय मेस्सीको सम्झौतमामा २०१९-२० को सिजनपछि अर्को क्लबमा जान सक्ने प्रावधान थियो । तर मेस्सीले त्यसको लागि मे को अन्तिममा नै यसबारे जानकारी गराउनुपर्ने थियो । यद्यपि कोना भाइरसका कारण सिजन लम्बिएकोले अझै पनि त्यो सम्झौता अनुसार आफूले क्लब छाड्न पाउनुपर्ने मेस्सीको भनाइ छ ।

गत साता नयाँ प्रशिक्षक रोनाल्ड कोएमनसँगको प्राइभेट मिटिङमा पनि मेस्सीले आफ्नो भविष्य क्लबमा भन्दा क्लब बाहिर रहेको धारणा व्यक्त गरेका थिए ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन इटालियन क्लब इन्टर मिलान र प्रिमियर लिग क्लब म्यानचेष्टर सिटी मेस्सीलाई अनुबन्ध गर्न सक्ने क्लबको रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment