Comments Add Comment

विदेशमा अप्ठेरोमा परेकालाई विना भेदभाव उद्धार गर्नुपर्छ : एनआरएनए

११ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआएनए) ले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई विना भेदभाव उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।

बिहीबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले आयोजना गरेको भर्चुअल बैठकमा एनआएनएका प्रवक्ता डिबी क्षेत्रीले सरकारले उद्धार गर्दा भेदभाव गर्न नहुने बताएका हुन् ।

‘अब राज्यले श्रम गरेर आएका र नआएका नभनेर नेपाल फर्काइदिनु पर्यो’, उनले भने, ‘इलिगल (अवैधानिक रुपमा बसोबास गरेका) हरुलाई सरकारले उद्धार र राहतमा पारेन । जे भए पनि ती नेपाली हुन् ।’

प्रवक्ता क्षेत्रीले विदेशमा अप्ठेरोमा परेका नेपालीको उद्धार गर्न आर्थिक हिसाब किताब गर्न नहुने बताए । ‘नेपाली फर्काउँदा १ अर्ब पनि खर्च हुँदैन । यो सरकारले गर्नुपर्छ । राज्यलाई रेमिटेयान्स दिलाएर देश धान्नेहरु सीमामा गएर लड्ने भन्दा कम हुँदैनन्’ उनले भने ।

विदेशमा घरेलु कामदारका रुपमा रहेका महिलाहरु समस्यामा रहेको भन्दै पहिलो प्राथमकिता उनीहरुलाई दिनुपर्ने क्षेत्रीले बताए । ‘सबै महिलाहरु कन्ट्रयाकमा आउन सक्ने अवस्था छैन । संक्रमित भएकाहरु पनि हुन सक्छन् । घरमा संक्रमित हुँदा कामदारहरु पनि संक्रमित भएका हुन्छन्’ उनले भने ।

नेपाल फर्किएपछि पनि उनीहरुलाई मनोपरामर्श दिनुपर्ने क्षेत्रीले बताए । विदेशबाट फर्किएका सबैले कोरोना लिएर आएको जस्तो गरी दुव्र्यवहार गर्न नहुने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment