Comments Add Comment

बाँकेमा ७० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

११ भदौ, काठमाडौं । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका-७ कि ७० वर्षीया महिलाको मृत्यु भएको हो ।

वृद्धाको बिहीबार बिहान साढे १० बजे कोभिड आईसीयू कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए ।

महिला दम बढेपछि यही भदौ ३ गते नेपालगञ्जको नर्सिङ होममा भर्ना भएकी थिइन् । पीसीआर जाँच गर्दा पोजेटिभ देखिएपछि कोहोलपुर पठाइएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

महिलाको मृत्युसँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या ६ पुगेको छ । ६ जनामध्ये नेपालगञ्जका तीनजना, नरैनापुर, कोहलपुर र बैजनाथका एक/एकजनाको मृत्यु भएको हो । बुधबार पनि बाँकेमा ३७ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment