१४ भदौ, जनकपुरधाम । धनुषामा निषेधाज्ञालाई खुकुलो बनाइएको छ । सोमबारदेखि लागू हुने गरी निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार निषेधाज्ञालाई एक साताका लागि थप गर्दै सोमबार बिहान ६ बजेदेखि मध्यान्ह १२ बजे ६ घण्टासम्म पसलहरु खोल्न दिइने छ ।
आइतबार बसेको जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार पसल सञ्चालन गर्न दिइने भएको हो ।
निषेधाज्ञा भने भदौ २१ गतेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।
धनुषामा यसअघि विविभन्न चरणमा गरी साउन १९ गतेदेखि भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4