Comments Add Comment

सुदूरपश्चिममा ५ महिनामा संक्रमितको संख्या ५,७५४ पुग्यो

१५ भदौ, डोटी । आजभन्दा ठीक पाँच महिनाअघि अर्थात् चैत १४ गते सुदूरपश्चिममा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो ।

दुवईबाट आएका कैलालीका ती युवकमा स्वास्थ्य समस्या देखिए पनि सेती प्रादेशिक अस्पतालमा उपचार गराउन जाँदा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनी करिब एक महिना अस्पताल बसाइँपछि निको भएर घर फर्किएका थिए । त्यसयता पाँच महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा पाँच हजार सात सय ५४ जनामा संक्रमण देखिएको छ ।

आइतबार मात्रै एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बझाङ्गमा ४७, अछाममा १८, डोटीमा १५, कञ्चनपुरका सात र दार्चुलामा दुई जनामा संक्रमण देखिएको हो ।

पहिलो संक्रमित देखिएदेखि चैत महिनामा थप चार जनामा कोरोना संक्रमण देखिएको थियो । बैशाखमा नयाँ संक्रमित थप भएनन् । जेठमा थप दुई सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या दुई सय ६१ पुगेको थियो । असार महिनामा तीन हजार पाँच सय ६१ जना संक्रमित थएिका थिए । यस्तै साउन महिनामा एक हजार २९ संक्रमित थपिए । भदौ महिनाको १४ गतेसम्म नौ सय तीन जना संक्रमित थपिएका छन् ।

यस प्रदेशका हालसम्म ११ जनाको ज्यान गएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पाँच महिनाको अवधिमा ६१ हजार आठ सय ५४ जनाको स्वाव परीक्षण गरिएको छ । यसमध्ये करिब ९.३० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म चार हजार नौ सय २९ जना निको भएर घर गएका छन् ।

हाल सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा गरी प्रदेशभित्र तीन प्रयोगशाला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment