Comments Add Comment

प्रशान्त भूषणलाई अदालतको अवहेलना मुद्दामा एक रुपैयाँ जरिवाना

१५ भदौ, काठमाडौं । भारतको सर्वोच्च अदालतले चर्चित वकिल प्रशान्त भूषणलाई अदालतको अवहेलनाको मुद्दामा एक रुपैयाँ जरिवानाकमो सजाय सुनाएको छ ।

जरिवाना तिर्न अस्वीकार गरेमा उनलाई तीन महिनाको जेल सजाय हुन सक्ने बताइएको छ । साथै तीन वर्षसम्म कानुनी वकालतको लागि प्रतिबन्ध लाग्न सक्छ ।

सर्वोच्च अदालतले सोमबार अदालतको फैसला कुनै प्रकाशन वा मिडियामा आएको विचारबाट प्रभावित नहुने बताएको छ । अदालतमा फैसला बाँकी रहेको विषयमा प्रशान्त भूषणले दिएको अभिव्यक्ति अदालतको कारबाहीलाई प्रभावित गर्ने किसिमको रहेको फैसलामा उल्लेख छ । सर्वोच्च अदालतले प्रशान्त भूषणको दुई ट्वीटले अदालतको अवहेलना गरेको ठहर छ ।

न्यायालयका भूषणले ट्वीटमार्फत प्रधानन्यायाधीश र सर्वोच्च अदालतको आलोचना गरेका थिए । उनले अदालतमा यस विषयमा माफी माग्न पनि अस्वीकार गरेका थिए । उनले सर्वोच्च अदालतले आफ्नो आलोचना स्वीकार गर्नुपर्ने बताएका थिए ।

अदालतले सन् २०१८ मा गरिएको चार न्यायाधीशको पत्रकार सम्मेलन पनि गलत रहेको बताएको छ । न्यायाधीशसँग पत्रकार सम्मेलनको अपेक्षा नहुने पनि अदालतले स्पष्ट पारेको छ । सर्वोच्चले अभिव्यक्तिको स्वतन्त्रता भए पनि दोस्रो पक्षको अधिकारको पनि सम्मान गर्नुपर्ने बताएको छ ।

स्रोत : बीबीसी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment