+
+
Shares

कपिलवस्तुमा भदौ २२ गतेसम्म निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १५ गते १७:४६

१५ भदौ, बुटवल । जिल्ला प्रशासनले कपिलवस्तुमा भदौ २२ गतेसम्म निषेधाज्ञा आदेश जारी गरेको छ ।

कपिलवस्तु जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले यसअघि भदौ १५ गते रातिसम्म जारी गरिएको निषेधाज्ञालाई भदौ २२ गते राति १२ बजेसम्म निरन्तरता दिइएको हो ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले सोमबार दिउँसो निषेधाज्ञाबारे सार्वजनिक सूचना जारी गर्दै निषेधाज्ञा अवधिमा जिल्लाभर बजार, व्यवसाय, सार्वजनिक यातायात सेवा,उद्योग, होटेल, रेष्टुरेन्ट, खाजा घर आदि सञ्चालन गर्न नपाइने जनाएका छन् ।

यस्तै सरकारी कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यकीय बाहेकका सबै सेवाहरु पनि बन्द हुनेछन् ।

खाद्यान्न तथा तरकारी किनमेलका लागि बिहान ८ बजेदेखि १० बजेसम्म समय तोकिएको छ भने उद्योग-कलकारखनाहरु र बैंक तथा वित्तीय संस्थाहरुको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाइने सूचनामा उल्लेख छ ।

कपिलवस्तुमा आइतबारसम्मको तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या ११ सय ४ पुगेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?