Comments Add Comment

बारबरा फाउन्डेसनले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सम्मान गर्ने

१५ भदौ, काठमाडौं । बारबरा फाउन्डेसनले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई विशेष सम्मान गर्ने भएको छ ।

कोरोना भाइरसविरुद्ध अग्रपत्तिमा खटिएका चिकित्सक र नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरुको कदरस्वरुप विशेष सम्मान प्रदान गर्ने निर्णय गरिएको बारबरा फाउन्डेसनले जनाएको छ ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. भगवान कोइरालाको अध्यक्षतामा नेपाल मेडिकल एशोसियसनका अध्यक्ष डा. लोचन कार्की र नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा. गोमादेवी निरौला श्रेष्ठको निर्णयक समितिले उत्कृष्ट चिकित्सक तथा नर्सहरुको छनोट गर्नेछ । सम्मानको राशी २–२ लाख रुपैयाँ रहेको छ ।

यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका एक/एक जना उत्कृष्ट राष्ट्र सेवकलाई पनि बारबरा फाउन्डेसन विशेष सम्मान प्रदान गरिने भएको छ । सम्मान राशी रू १–१ लाखको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment