
१७ भदौ, सुर्खेत । जुम्ला कारागारका कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीसहित १० जनाममा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको पीसीआर परीक्षणमा कारागारका १० जनामा संक्रमण देखीएको हो ।
कारागारका चारजना कैदीबन्दी, तीनजना कारागारको सुरक्षामा खटिएका प्रहरी, दुईजना कार्यालय सहयोगी कर्मचारी र एकजना कारागारमा तरकारी ल्याउने व्यापारीमा पनि संक्रमण देखिएको जिल्ला कारागार जुम्लाका जेलर गयाप्रसाद पाण्डेले जानकारी दिए ।
कारागारमा कसरी संक्रमण फैलियो भन्ने बारे आफूहरु नै अनविज्ञ रहेको जेलर पाण्डेले बताए । ‘कारागारमा कसरी संक्रमण फैलियो भन्नेबारे हामी नै अनविज्ञ छौ,’ जेलर पाण्डेले भने, ‘कारागारमा नयाँ कैदी राख्दा अनिवार्य पीसीआर गर्ने व्यवस्था छ । एकजना मुगुका कैदीलाई पीसीआर गर्ने क्रममा १७ जनाको स्वाब संकलन गरेका थियौं जसमा १० जनाको रिर्पोट पोजेटिभ आयो ।’
जेलका केही नाइकेहरु बजार जाने र सामान किन्ामेल गर्ने गरेका थिए । ‘मलाइ जहाँसम्म लाग्छ । संक्रमण बजारबाटै आएको हुनुपर्छ,’ उनले भने ।
जेलर पाण्डेका अनुसार संक्रमित कैदीबन्दीलाई कारागरभित्रकै एउटा कोठामा आइसोलेसन बनाएर स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ ।
कारागारमा हाल १०७ जना कैदीबन्दी बस्दै आएका छन । बाँकी कैदीबन्दीको स्वाब संकलन गर्ने तयारी भैरहेको छ ।
प्रतिक्रिया 4