२४ साउन, काठमाडौं । लागुऔषध कारोबारको कसुरमा कैद सजाय काटेर छुटेका एक व्यक्ति फेरि उही धन्दा गरिरहेको अवस्थामा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ‘प्राफाइलिङ’ गर्ने क्रममा ती व्यक्ति फेरि लागुऔषधकै कारोबार गर्नेगरेको अवस्थामा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१ कुपण्डोल बस्ने २९ वर्षीय प्रज्वल केसी रहेको प्रहरीले जनाएको छ ।
प्रोफाइलिङ गर्ने क्रममा शनिबार प्रहरी उनी बसिरहेको ठाउँमा पुगेको थियो । जहाँ उनी ११० ग्राम ३५० मिलिग्राम खैरो हेरोइनसहित भेटिएका थिए । उनीसँग लागुऔषध तौल गर्ने डिजिटल तराजु र कारोबारमा प्रयोग गर्ने फरकफरक सिमसहितका पाँच थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।
उनले लागुऔगाध कारोबारमा पक्राउ पर्नबाट बच्न ग्राहको पहिचान गर्न घरमा चार वटा सीसीटीभी क्यामेरा जडान गरेको, घरमा दुई वटा कुकुर राखेको र बेडरुमसम्म तीन वटा फलामका गेट समेत राखेको प्रहरीले जनाएको छ ।
उनी यसअघि २०७९ वैशाख २७ गते खैरो हेरोइनसहित पक्राउ परेका थिए । त्यसपछि उनी त्यो कसुरमा जेल परेर २०८२ चैत १९ गते छुटेको प्रहरीले जनाएको छ ।
कारागारमै रहँदा पनि भित्रै रहेका साथीमार्फत सम्पर्क भएका विराटनगर बसेर लागुऔषध सप्लाई गर्ने व्यक्तिसँग लागुऔषध खरिद गर्दैआएको खुलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4