+
+
Shares

अन्तर्राष्ट्रिय इकाता च्याम्पियन्समा धानुकलाई रजत

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १८ गते १३:०४

१८ भदौ, काठमाडौं । नेपालका कराँते खेलाडी जगत सिंह धानुकले प्रथम अन्तर्राष्ट्रिय इकाता तेन्शिकाँन कराँते च्यम्पियनसिपमा रजत पदक जितेको छन् ।

तेन्शिकाँन सोतोकान-र्यु कराँते संघ भारतको आयोजनामा भएको च्याम्पियनसिपमा नेपालका धानुकले रजत पदक जितेका हुन् ।

उनले १९ वर्षमुनि उमेर समूहमा रजत जितेका हुन् । सोही स्पर्धामा उनले भारतका हुसेन र उदीपन दासलाई पछि पार्दै रजत पदक जितेका थिए । हुसेन र उदीपन दासले कांस्य पदक जितेका थिए ।

भारतकै सस्कार शर्माले स्वर्ण पदक जिते । प्रतियोगिताको विभिन्न उमेर समूहमा भएको प्रतिस्पर्धामा नेपालबाट सहभागी हुने धानुक एक्ला खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?