Comments Add Comment

वागमती प्रदेशकाे शिक्षा नीतिमा नयाँ व्यवस्था थप गर्न सुझाव

१९ भदौ, काठमाडौं । वागमती प्रदेश सरकारले तयार पारेको शिक्षा नीति संशोधन गरुी केहि व्यवस्थाहरु थप गर्न विज्ञले सुझाव दिखएका छन् । बिहीबार बाल अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न १५ वटा सञ्जालहरुको सक्रियतामा आयोजित भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरुले शिक्षा नीति राम्रो भएको तर केहि विषयहरु भने थप्नु पर्ने सझुाव दिएका हुन् ।

पूर्व शिक्षा मन्त्री डा. गंगालाल तुलाधरले अवको शिक्षा नीतिमा शिक्षालाई सीपसँग जोड्नु पर्नेब ताए । उनले त्यो सीपलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसंग जोडने कुरा नीतिमा आउनु पर्ने धारणा राखे ।

प्रा.डा. मनप्रसाद वाग्लेले नीतिको दफा अनुसार नै टिप्पणी गर्दै यस नीतिमा विद्यालय शिक्षालाई भन्दा पनि बढी उच्च शिक्षा र विश्व विद्यालयको शिक्षालाई नै बढी जोड दिनु पर्ने बताए । मस्यौदामा भएका ३३ वटा शिक्षाका नीतिहरु मध्ये १७ वटा नीति स्वागत योग्य र बाँकीका नीतिहरुमा अझ सुधार गर्नु पर्ने उनको सुझाव थियो ।

डा. मिनाक्षी दाहालले अवको नीतिमा उच्च शिक्षा र विश्व विद्यालयकाहरुको नक्सांकनका कुराहरु र एसईईका कुराहरु पनि नीतिमा ल्याउनुपर्ने धारणा राखिन् । कार्यक्रममा सरकारको तर्फबाट सामाजिक विकास मन्त्रालय बागमति प्रदेशका उप सचिव दिपेन्द्र सुवेदीले बागमति प्रदेशको ३३ बुदे शिक्षा नीति र कार्यनीति बारे प्रस्तुतिकरण राखेका थिए । उनले राम्रा सुझावहरु सरकारले समेट्ने प्रयास गर्ने बताए ।

नागरिक समाजको तर्फबाट शिक्षाविद श्याम श्रेष्ठले प्रस्तुतिमा नीतिको उद्देश्यमा नै बैज्ञानिक व्यक्तित्व उत्पादन गर्ने उद्देश्य समावेश गर्नु पर्ने र विद्यार्थीहरुलाई जीवन उपयोगी सीपसंग जोड दिनु पर्ने कुरा उल्लेख गरे ।

कार्यक्रममा सहभागीहरुको तर्फबाट पूर्व शिक्षा सचिव महाश्रम शर्मा, शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा लगायत शिक्षाविद विद्यानाथ कोईराला लगायतले अवको शिक्षा नीतिको लागि केहि नयाँ वयवस्थाहरु थप गर्न सुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment