+
+
Shares

चितवनको माडी प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १९ गते १४:३०

१९ भदौ, चितवन । चितवनको माडी नगरपालिकाले नगर प्रवेश गर्दा पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।

आज (शुक्रबार) सम्पन्न कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले नगरपालिकामा कोरोनाको जोखिम समुदायस्तरमा नै देखिन थालेको भन्दैं पिसिआर रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो ।

जिल्ला सदरमुकाम भरतपुरलगायत अन्य स्थानीय तहबाट प्रवेश गर्नेहरुका लागि पीसीआर रिपोर्ट अनिवार्य गरेको र नेगेटिभ रिपोर्ट नभए प्रवेश गर्न नदिइने नगर प्रमुख ठाकुर प्रसाद ढकालले बताए । नगरपालिकाको यो निर्णय शनिबारबाट लागू गरिने छ ।

नगरभित्र निषेधाज्ञा केही खुकुलो पार्दै सुरक्षाको मापदण्ड अपनाएर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्पूर्ण बजार र पसलहरू खुला गर्ने निर्णय गरिएको ढकालले बताए ।

यस्तै, अटो चालकसहित ३ जना र मोटरसाइकलमा एकजना मात्रैं सवार हुन पाइने व्यवस्था नगरपालिकाले गरेको छ । नगरपालिकाले अत्यावश्यक सेवाका लागि भने छुट दिएको छ ।

माडीमा कोरोना संक्रमितको संङख्या ५२ पुगेको छ भने ४१ जना निको भइसकेका छन । ११ जना आइसोलेसनमा उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?