Comments Add Comment

विश्व बैंकले नेपाललाई दियो १ अर्ब २७ करोड अनुदान

१९ भदौ, काठमाडौं । विश्व बैंकले नेपाललाई १ अर्ब २७ करोड रुपैयाा (१ करोड ८५ लाख डलर) बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । अनुदान सहायता उपलब्ध गराउने सम्बन्धमा शुक्रबार हस्ताक्षर भएको छ ।

विद्यालय क्षेत्र विकास कार्यक्रममा खर्च गर्ने गरी विश्व बैंकबाट यो सहायता उपलब्ध भएको हो । कोरोना महामारीको संकटकाबीच आधारभूत शिक्षामा पहुाच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन यो सहायताले मद्दत गर्ने विश्व बैंकले जनाएको छ ।

विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)बाट यो सहायता उपलब्ध हुन लागेको हो । विद्यालय क्षेत्र विकास कार्यक्रम विश्व बैंकसहित एसियाली विकास बैंक, यूरोपियन यूनियन, फिनल्याण्ड, ग्लोबल पार्टनरसिप फर एजुकेशन, जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी, नर्वे, यूएसआइडी, यूनिसेफलगायत निकायको सहयोगमा सञ्चालनमा रहेको छ ।

जीपीई कोभिड १९ द्रुत कोषबाट प्राप्त भएको यो अनुदानले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको कोभिड १९ आकस्मिक योजना कार्यान्वयनमा योगदान पुर्‍याउने विश्व बैंकको भनाइ छ । कोभिड-१९ले शिक्षा क्षेत्रमा पारेको प्रभाव कम गर्न र प्रतिकार्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विशव बैंकका निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् । शिक्षा क्षेत्र कोभिडको सबैभन्दा मारमा परेको क्षेत्र भएको भन्दै फारिसले अनुदानबाट बालबालिकाका लागि शिक्षा र सिकाईमा सुरक्षित पहुाचको तत्काल आवश्यकता पुरा गर्न सहयोग गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment