Comments Add Comment

चेन्नाई सुपर किंग्सका हरभजनले सिंहले आईपीएल नखेल्ने

१९ भदौ, काठमाडौं । चेन्नाई सुपर किंग्सका भेट्रान स्पीनर हरभजन सिंहले यस सिजनको इन्डियन प्रिमियर लिग आईपीएल २०२० नखेल्ने भएका छन् । अफस्पीनर हरभजनले यस सिजन आईपीएल नेखेल्ने भन्दै नाम फिर्ता लिएका हुन् ।

आईपीएलको १३औं संस्करण यही सेप्टेम्बर १९ देखि युएईमा हुँदैछ । तर हरभजन भने युएई पुगेका छैनन् । शुक्रबार हरभजनले ट्विट गर्दै व्यक्तिगत कारणले गर्दै आईपीएल नखेल्ने जानकारी गराएका हुन् ।

‘व्यक्तिगत कारणहरुले गर्दा मैले यस सिजन आईपीएल खेल्ने छैन । मेरो लागि अहिले कठिन समय छ र म यसलाई गोप्य राख्न चाहन्छु । म अहिले परिवारसंग समय बिताइरहेको छु । चेन्नाई टिम व्यवस्थापनले मलाई निकै साथ दिएको छ र म टिमलाई आईपीएलको शुभकामना दिन्छु । स्टे सेफ एण्ड जय हिन्द,’ सिंहले ट्विटरमा लेखेका छन् ।

व्यक्तिगत कारण देखाउँदै आईपीएलबाट नाम फिर्ता लिने हरभजन चेन्नाईका दोस्रो खेलाडी हुन् । यसअघि ब्याट्सम्यान सुरेश रैनाले पनि व्यक्तिगत नाम देखाउँदै आईपीएल नखेल्ने घोषणा गरेका थिए । टिमसँगै युएई पुगेका रैना भारत फर्किसकेका छन् ।

४० वर्षीय हरभजनले पछिल्लो दुई वर्षदेखि चेन्नाईको टिमबाट खेल्दै आएका छन् । त्यसअघि उनले मुम्बई इन्डियन्सबाट खेलेका थिए ।

४० वर्षीय अनुभवी अफस्पिनर पछिल्लो २ वर्ष देखि चेन्नाईबाट खेल्दै आएका छन् ।

केही दिनअघि चेन्नाईका दुई खेलाडीसहित अन्य सपोर्ट स्टाफ गरेर १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । चेन्नाईले उद्घाटन खेलमा सेप्टेम्बर १९ मा साविक विजेता मुम्बई इन्डियन्ससंग पहिलो खेल खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment