
२१ भदौ, काठमाडौं । साताको पहिलो दिन सेयर कारोबार खुल्नेबित्तिकै उच्छालिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक कारोबार खुलेको १५ मिनेट पुग्न नपाउँदै ३२ अंकले उकालो लागेको थियो । यद्यपि, यो समाचार तयार पार्दासम्म केही थामिएको अवस्था छ ।
बजार खुल्नेबित्तिकै उकालो लाग्न सुरु भएको नेप्सेको अंक केही मिनेटपछि ब्रेक लागे पनि कारोबार हुने सबे उपसमूहहरूमा हरियाली छाएका छन् ।
डा. युवराज खतिवडाले अर्थमन्त्री पदबाट राजीनामा दिएपछि आइतबार पहिलो पटक खुलेको बजारमा हरियाली छाएपछि बजार बढ्नुको कारणलाई कतिपय लगानीकर्ताले खतिवडासँग जोडेका छन् ।
खतिवडाको बहिर्गमनपछि लगानीकर्ताको मनोबल बढेका कारण बजार उच्छालिएको लगानीकर्ताहरू बताउँछन् । ११ बजेर १८ मिनेटसम्ममा बजार करिब १४ अंकले बढेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4