+
+
Shares

सुदर्शन थापाः लभ स्टोरी फिल्मका सफल निर्देशक

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २१ गते १३:०१

केही महिना अगाडि आयोजित चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर रिलिज कार्यक्रममा कलाकार हरिहर शर्माले निर्देशक सुदर्शन थापाको प्रशंसा गरे । उनले, चलचित्र ‘बासुदेव’पछि आफूले अर्को उत्कृष्ट चलचित्र र उत्कृष्ट निर्देशकसँग काम गरेको सुनाए । शर्माले सुदर्शनको काम गर्ने तरिका, चलचित्रलाई वुझ्ने शैली फरक रहेको सुनाए ।

हरिहर शर्माको यो कुराले पनि चलचित्र निर्देशनमा सुदर्शन थापाको सोच र शैली वुझ्न सकिन्छ । हुनत, सुदर्शनले आफ्नो करिअरमा निर्देशन गरेका केही चलचित्र असफल छन् भने कतिपय नराम्रा पनि छन् । तर, नेपाली चलचित्रमा उनलाई लभ स्टोरी चलचित्रका सफल निर्देशक मानिन्छ ।

सुदर्शनले निर्देशन गरेको ‘मेरो एउटा साथी छ’ आधुनिक प्रेमकथाको नयाँ आयाम थियो । उनै, सुदर्शनको अर्को छलाङ चलचित्र ‘प्रेमगीत’ पनि हो । सुदर्शनको चलचित्रमा लभ स्टोरी कथामा व्यवसायिकता भेटन् सकिन्छ । उनले निर्देशन गरेका चलचित्रका गीतसंगीत उत्कृष्ट हुने गरेका छन् ।

उनले, ‘के यो माया हो, मेरो लभ स्टोरी, मधुमास, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, सम्हालिन्छ कहिले मन’ जस्ता लभ स्टोरी चलचित्र निर्देशन गरेका छन् । यस्तै, उनले ‘अझै पनि, चंखे शंखे पंखे’मा मुख्य नायकको रुपमा पनि काम गरेका छन् । सुदर्शनले ‘धन्दा’ जस्तो फरक बिषयको चलचित्र र राष्ट्रियताको कथामा ‘चंखे शंखे पंखे’ निर्देशन गरे ।

सुदर्शनलाई नेपाली चलचित्रमा स्टार नायक–नायिका जन्माउने निर्देशकको रुपमा पनि चित्रित गरिन्छ । उनले, नायक आर्यन सिग्देल, प्रदिप खड्का, पूजा शर्मा जस्ता कलाकारलाई स्टार बनाएका छन् । नम्रता श्रेष्ठ, पल शाह, आकाश श्रेष्ठ जस्ता कलाकार सुदर्शनको चलचित्रमा जोडिएपछि चर्चामा आए ।

चलचित्र निर्देशन मात्र नभएर चलचित्र निर्माणमा समेत होमिएका यी सफल निर्देशकको आज जन्मदिन हो । थापा निर्देशित ‘म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले मन’ रिलिजको प्रतिक्षामा छन् ।
नेपाली चलचित्रका सफल निर्देशक थापालाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?