News Summary
Generated by OK AI. Editorially reviewed.- यातायात व्यवस्था विभागले बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिको विवरण सरोकारवालासँग माग गरेको छ ।
- पूर्वाधार विकास मन्त्रालयले यातायात क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्न समिति गठन गरेको छ ।
- सरकारी निकाय, गैरसरकारी संस्था, सञ्चारमाध्यम, निजी संस्था, अनुसन्धानकर्ता र आम नागरिकले विवरण पठाउन सक्नेछन् ।
२ असोज, काठमाडौं । यातायात व्यवस्था विभागले सरोकारवालासँग बाढीबाट भएको क्षतिको विवरण माग गरेको छ ।
पूर्वाधार विकास मन्त्रालयले यातायात क्षेत्रमा भएका क्षतिको विवरण संकलन गर्न एक समिति गठन गरेको छ । समितिका लागि आवश्यक विवरण विभागले सार्वजनिक सूचना जारी गर्दै आह्वान गरेको हो ।
सरकारी निकाय, गैरसरकारी संस्था, सञ्चारमाध्यम, निजी संस्था, अनुसन्धानकर्ता र आम नागरिकले विपद्बाट यातायात क्षेत्रमा भएको क्षतिको विवरण पठाउन सक्नेछन् । विभागको इमेल र लिखितमा समेत यस्तो विवरण पठाउन सकिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4