Comments Add Comment

मेलबर्नमा दुई साता लम्बियो लकडाउन

२१ भदौ, काठमाडौं । अष्ट्रेलियाको मेलबर्न सहरमा दुई साताको लागि लकडाउन लम्ब्याइएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणमा पर्याप्त कमी नआएको कारण अधिकारीहरुले दुई साता लकडाउन लम्ब्याउने निर्णय गरेका हुन् ।

भिक्टोरियाका प्रिमियर ड्यानिअल एन्ड्रयुजले केही खुकुलो पारिए पनि प्रतिबन्ध सेप्टेम्बर २८ सम्म जारी रहने बताएका छन् । अक्टोबरदेखि भने चरणबद्धरुपमा प्रतिबन्ध हटाइनेछ ।

भिक्टोरिया अष्ट्रेलियामा कोरोना भाइरसको दोस्रो लहरको संक्रमणको केन्द्र बनेको छ । अष्ट्रेलियामा कोरोना भाइरसको कारण मृत्यु हुने ७५३ मध्ये ९० प्रतिशत भिक्टोरियाका मानिस छन् । दुई करोड ५० लाखको हाराहारीमा जनसंख्या रहेको अष्ट्रेलियामा समग्रमा २६ हजार संक्रमित फेला परेका छन् ।

मेलबर्नमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै जुलाई ९ देखि दोस्रोपटक लकडाउन गरिएको थियो । मेलबर्नमा केवल पाँच किलोमिटर टाढासम्मको यात्राको लागि मात्र अनुमति दिइएको थियो ।

साथै रातको समयमा कफ्र्यु लगाइएको थियो । साथै पसलहरु र व्यापार पनि बन्द गरिएको थियो । अहिले कायम रहेको लकडाउन सेप्टेम्बर १३ मा सकिँदैछ । तर अब थप दुई साता लकडाउन जारी रहनेछ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment