Comments Add Comment

ग्रामीण बैंकिङलाई प्रोत्साहन गर्छौं : गभर्नर अधिकारी

२१ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्रामीण बैंकिङ सेवालाई केन्द्रीय बैंकले प्राथमिकतामा राखेको बताएका छन् । लघुवित्तका पिता भनेर चिनिने स्वर्गीय हरिहरदेव पन्तको ५औं पुण्यस्मृति दिवशका अवसरमा आयोजित वेविनार कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले ग्रामीण बैंकिङलाई निरुत्साहित गर्ने राष्ट्र बैंकको योजना नभएको बताए ।

लघुवित्तको संख्या अत्यधिक भएको र यसको सेवा अझ प्रभावकारी बनाउनका लागि नयाँ संस्थालाई सञ्चालन अनुमति रोक लगाइएको गभर्नर अधिकारीको भनाइ थियो । सही व्यक्तिले, सही किसिमले वित्तीय सेवा पाउन् भन्ने चाहाना राष्ट्र बैंकको भएको उनले बताए ।

‘ग्रामीण भेगका विपन्न वर्गमा लघुवित्तमार्फत जिविकोपार्जनको आधार बनोस्’ उनले भने । अधिकारीले स्वर्गीय हरिहदेव पन्त एक उदाहरणीय व्यक्ति भएको पनि बताए । पन्तले वित्तीय क्षेत्रका लागि गरेको योगदान भुल्न नसकिने उनले बताए ।

कार्यक्रममा पूर्व गभर्नर गणेशबहादुर थापाले पछिल्लो समय नीति निर्माताहरुले समेत लघुवित्तको महत्वबारे बुझ्न नसकेको जस्तो देखिएको बताए । नीति निर्माताहरुले लघुवित्तको विषयमा पर्याप्त जानकारी नराखेको जस्तो देखिएको बताए ।

कोरोनामा पनि लघुवित्तको भूमिका महत्वपूर्ण हुने भन्दै अब केन्द्रीय बैंक र सरकारले लघुवित्तलाई थप प्राथिमकतामा राख्नु पर्ने पूर्व गभर्नर थापाको भनाइ थियो ।  ‘कोरोनाका कारण गरिबीको रेखामूनी रहेकाको संख्या १८ प्रतिशतबाट ४५ प्रतिशतभन्दा धेरै पुग्न लागेको तथ्यांक आउँदैछ, लघुवित्तलाई अब थप प्राथमिकता दिनु पर्नेछ,’ उनले भने ।

राष्ट्र बैंकले लघुवित्तको नयाँ लाइसेन्स रोक्ने र भइरहेकालाई मर्जरमा प्रोत्साहन गरेर संख्यात्मक हिसाबले घटाउने नीति लिएको भन्दै उनले त्यो नीति भने राम्रो भएको बताए ।

कार्यक्रममा धितोपत्र बोर्डका पूर्ब अध्यक्ष डा रेबतबहादुर कार्कीले कोरोनाका कारण लघुवित्त क्षेत्र मर्माहत भएको बताए । बैंकले समेट्न नसकेको तत्लो वर्गको क्षेत्रलाई सुविधा दिने लघुवित्तहरु कोरोनाका कारण निकै समस्यामा परेको बताए । यसलाई राज्यले पनि हेर्नुपर्ने उनले बताए ।

कार्यक्रममा ‘समृद्धिको मार्गमा २०७७’ नामक पुस्तक पनि विमोचन गरिएको छ । निर्धनबाट सुविधा लिएर जिविकोपार्जन गरेका उद्यमीहरुको कथा समेटेर निर्धनले समृद्धिको मार्गमा पुस्तक प्रकाशन गर्दै आएको छ ।

लघुवित्तका पिता मानिने हरिहर देव पन्तले स्थापना गरेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको अहिले उनकै छोरा जनार्द्धनदेव पन्तले कार्यकारी नेतृत्व गरिरहेका छन् । निर्धन देशकै ठूलो र सबैभन्दा ठूलो नेटवर्क भएको लघुवित्त संस्थासमेत हो ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई पुरस्कार वितरण गरिएको थियो । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डा. हरिहरदेव पन्त फाउण्डेशनका अध्यक्ष जनार्दनदेव पन्तले पूरस्कार विजेताहरु आ—आफ्नो क्षेत्रमा उत्कृष्ट भएक्को भन्दै उनीहरुको प्रयास प्रेरणादायी भएको बताए । उनले हामी सबैले नेपाललाई बलियो, शक्तिशाली र सम्मानित नेपाल बनाउन चाहेको धारणा समेत राखे ।

पन्तले पिरामिडको सबैभन्दा तल रहेका विपन्न वर्गमा सामाजिक चेतनाको साथै वित्तीय तथा गैर वित्तीय सेवा दिगो तरिकाले पू¥याउन ल३ूवित्तको सूरुवात गरी आफ्नो जीवनभर गरीबी र वेरोजगार हटाउन लाग्नू भएका डा. हरिहरदेव पन्तको अधुरा कार्यहरु हामीहरुले पुरा गर्ने प्रयास गरिने बताए ।

सो अवसरमा लघुउद्यमशीलताको क्षेत्रमा कार्य गर्ने लघुउद्यमीहरूको मनोवल बृद्घि गरी हौसला प्रदान गर्न निर्धन संस्थाद्वारा संचालित लघुउद्यमशील पुरस्कार कार्यक्रमअन्र्तगत प्रदेशस्तरमा उत्कृष्ठ लघुउद्यमीलाई “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७” प्रदान गरिएको थियो ।

दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले प्रदेश नं. १ बाट झापा जिल्ला दमक शाखाकी फर्निचर उद्योगी जल कुमारी तिम्सीनालाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गरे ।

यसैगरी परवानीपुर गाउँपालिका वडा नं. ४ का बडाध्यक्ष गजेन्द्र प्रसाद पटेलले प्रदेश नम्बर २ बाट बारा जिल्ला प्रसौनी शाखाकी गार्मेन्ट उद्योगी मन कुमारी देवी यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गरे ।

रत्ननगर नगरपालिका वडा नं. १० का वडाध्यक्ष केशव आचार्यले बागमती प्रदेशबाट चितवन जिल्ला टाँडी शाखाकी च्याउ खेती व्यवसायी गगनमाया गुरूङ्गलाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गरे ।

यसैगरी नवलपुर जिल्ला समन्वय समिति सदस्य खिमा सारुले गण्डकी प्रदेशबाट नवलपुर जिल्ला दलदले शाखाकी बाँसको ¥याक तथा मुढा सामान बनाउने व्यवसायी नयामाया घिमिरेलाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गरेका थिए ।

प्रदेश नं. ५ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेश नम्बर ५ बाट रूपन्देही जिल्ला बुटवल शाखाकी मार्वल तथा होटल व्यवसायी सीता देवी गुरूङ्गलाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गरेका थिए भने दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले कर्णाली प्रदेशबाट दैलेख जिल्ला दुल्लु शाखाकी फेन्सी पसल व्यवसायी डिलु खड्का कार्कीलाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गरेका थिए ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले सुदूरपश्चिम प्रदेशबाट कञ्चनपुर जिल्ला महेन्द्रनगर शाखाकी इन्जिनियरिङ्ग वर्कशप व्यवसायी फुल कोलीलाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment