+
+
Shares

डोल्पामा जङ्गली साग खाएर जाजरकोटका ५ जना बेहोस

सेनाको हेलिकप्टरबाट उद्धार गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २३ गते १४:११
सांकेतीक तस्वीर

२३ भदौ, सुर्खेत । उपल्लो डोल्पामा जङ्गली साग (जोक) खाँदा जाजरकोटका पाँचजना बेहोस भएका छन् ।

शे-फोक्सुण्डो गाउँपालिका-१ मा रहेको निजाल गुम्बा पुनर्निर्माणका लागि गएका उनीहरु साग खाएपछि बेहोस भएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले जानकारी दिइन ।

सहायक प्रजिअ शर्माका अनुसार उनीहरुले सोमबार बेलुकीको खानामा गुम्बा वरिपरि पाइने जंगली साग पकाएर खाए लगत्तै सबैजना बेहोस भएका थिए ।

बिरामी पर्नेमा नलगाड नगरपालिका-५ का ३६ विष्णु कोसारी, ३८ वर्षीय टेकबहादुर वली, १९ वर्षीय नरेन्द्र वली, वडानम्बर-४ का १८ वर्षी अजय वली र वडानम्बर-८ का ३३ वर्षीय शिवराज केसी रहेका छन् ।

स्थानीय स्वास्थ्यकर्मीले उपचार गर्न नसकेपछि उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको सहायक प्रजिअ शर्माले बताइन् । उनीहरुलाई उपचारका लागि बाँके लैजाने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?