+
+
Shares

झण्डै चार बर्षपछि चितवनमा तस्करले मारे गैंडा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २३ गते १७:०६

२३ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा झण्डै चार बर्षपछि पहिलोपटक गोली लागेको अवस्थामा दुर्लभ सिंगे गैंडा मृत भेटिएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार निकुञ्जको रातोपानी घोल भन्ने स्थानमा टाउकोमा दुई गोली लागको अवस्थामा गैंडा मृत भेटिएको हो । गैंडा घोलमा डुबेको अवस्थामा भेटिएको प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिए ।

निकुञ्जको गस्ती टोलीले भदौ २१ गते नै मृत गैंडा भेटेको थियो । गैंडा ५/७ दिन अगाडि मारेको हुनसक्ने निकुञ्जको अनुमान छ । गैंडाको पोष्टमार्टम गर्दा टाउकोमा गोली भने नभेटिएको प्रमुख संरक्षण अधिकृत बरालले बताए ।

मृत गैंडाको खाग र खुर भने सुरक्षित छ। निकुञ्जमा २०७३ साल यता कुनै पनि गैंडा तस्करहरूले मार्न सकेका थिएनन् । लकडाउन र निषेधाज्ञा लागेका बेला निकुञ्जमा सुरक्षा चुनौती थपिएको निकुञ्जले जनाएको छ ।

चालू आर्थिक बर्षमा याेसहित चार गैंडा मृत भेटिएका छन् । तीन वटा कालगतिले मरेका थिए । गत आर्थिक वर्ष प्राकृतिक कारणले २६ गैंडा मरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?