Comments Add Comment

अब बैंकले घर र गाडी कर्जाको ब्याजदर बढाउन नपाउने

राष्ट्र बैंकले दियो ब्याजदर स्थिर बनाउन निर्देशन

सां‌केतिक फोटो

२३ भदौं, काठमाडौं । घर र गाडी खरिदका लागि बैंकबाट लिएको ऋणमा अब ब्याजदर बढाउन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै घर र गाडी खरिदका लागि दिएको कर्जामा  ब्याजदर घटबढ नगर्न निर्देशन दिएको हो ।

बैंकहरुले हालसम्म आधारदर (बेस रेट) घटबढ हुनेवित्तिकै ऋणको व्याजदर पनि घटाउने/बढाउने गर्दै आएका थिए । बैंकको खर्च तथा जोखिमको केही प्रतिशतसमेत जोडेर बेस रेट निर्धारण गरिन्छ । बेस रेट बढेसँगै बैंकहरुले तत्कालै ब्याजदर बढाइहाल्थे ।

ब्याजदर चाडो चाडो बढ्दा किस्ता तिर्नै समस्या परेको भन्दै ऋणीले दुखेको गर्ने गरेका थिए । राष्ट्र बैंकको यो निर्देशनसँगै अब घर तथा गाडी कर्जा लिनेलाई केही राहत हुने भएको छ । राष्ट्रबैंङ्कले यी शीर्षकको ब्याजदर भने ६/६ महिनामा प्रकाशित गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थीर ब्याजदर कायम गनुपर्ने बताएको छ ।

‘…इजाजतपत्र प्राप्त संस्थाले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आबधिक कर्जाको ब्याजदर भुक्तानी अबधीभर परिवर्तन नहुने गरी स्थीर ब्याजदर निर्धारण गर्नुपर्नेछ’ राष्ट्रबैंकको निर्देशनमा भनिएको छ ।

यो व्यवस्था व्यक्तिको नाममा प्रवाह भएका वा हुने घर कर्जा (होम लोन, हाउजिङ लोन) र गाडी कर्जा (अटो लोन, भेहिकल लोन र हायर पर्जेज लोन) लगायतका मासिक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह गरिएका/हुने एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका कर्जामा लागू हुने राष्ट्र बैंकको भनाइ छ ।

तर, ग्राहकले नै बैंकको आधार दर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न पनि पाइने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

राष्ट्र बैंकले यसअघि प्रवाह भएका घर कर्जा, गाडी कर्जालगायतका आवधिक कर्जामा पनि ग्राहकको अनुरोधमा स्थीर ब्याजदर कायम हुने गरी कर्जाका शर्त परिवर्तन गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment