+
+
Shares

विप्लव समूहका नेता विरही धनुषाबाट रिहा भएलगत्तै पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २३ गते १७:४२

२३ भदौ, जनकपुरधाम । चितवनको भरतपुरबाट पक्राउ गरी धनुषा पुर्‍याइएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका नेता अनिल शर्मा ‘विरही’ रिहा भएलगत्तै फेरि पक्राउ परेका छन् ।

नेता विरहीलाई धनुषा जिल्ला अदालतले मंगलबार १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले नेता विरहीलाई १० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो ।

अदालतको आदेशअनुसार उनी रिहा भएका थिए तर लगत्तै धनुषा प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिएको छ ।

फेरि पक्राउ परेका विरहीलाई सुनसरी प्रहरीको जिम्मा लगाइने धनुषा प्रहरीका प्रबक्ता मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

विरहीलाई चितवन प्रहरीले शनिबार धनुषा प्रहरीको जिम्मा लगाएको थियो । धनुषामा उनीविरुद्ध संगठित अपराध, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटक मुद्दा दर्ता थियो ।

धनुषा प्रहरीका अनुसार सुनसरीमा पनि उनीविरुद्ध यस्तै मुद्दा रहेकोलेसुनसरी प्रहरीको जिम्मा लगाइनेछ ।

उपचारका लागि चितवनको भरतपुर अस्पताल आएका विरहीलाई शनिबार प्रहरीले अस्पतालबाटै पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?