Comments Add Comment

मदिरा वा सूर्तिजन्य पदार्थमा उपहार र छुट दिन नपाइने

२३, भदौ, काठमाडौं । मदिरा, वियर वा सूर्तिजन्य पदार्थ उत्पादन गर्ने उद्योगले पैठारीकर्ता तथा बिक्रेतालाई उपहार दिन नपाउने भएका छन् । अन्तःशुल्क ऐन २०५८ मा गरिएको संशोधनपछि यस्तो व्यवस्था लागू कार्यन्वयनमा आएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

नयाँ व्यवस्था अनुसार उत्पादकले आफ्ना पैठारीकर्ता र बिक्रेताका लागि छुट दिएर कम मूल्यमा त्यस्ता पदार्थ पनि विक्री गर्न पाउने छैनन् । साबिकको भ्याटमा दर्ता पैठारीकर्ता र विक्रेताका लागि मात्रै दिन पाइने सुविधा संशोधनले परिमार्जन गरेको हो ।

यसअघि मदिरा, वियर वा सूर्तिजन्य पदार्थ सम्बन्धी उद्योगले त्यस्तो वस्तुको पैठारीकर्ता तथा तिनका बिक्रेताका लागि उपहार कार्यक्रम सञ्चालन गर्न मूल्य अभिवृद्धि करमा दर्ता भएकालाई मात्रै छुट थियो ।

भ्याटमा दर्ता नभएकाहरुका लागि मात्रै नपाइने उक्त व्यवस्था अहिले सबैका लागि निषेध गरिएको छ । कसैले यस्तो कार्य गरेको पाइए इजाजतपत्र उल्लघंन गरेको ठहरिने ऐनमा उल्लेख छ ।

फ्लोमिटरले देखाएको परिमाणभन्दा बोतल बन्दी भए पछिको बोतल काउन्टरले देखाएको परिमाणको मौज्दात कमी भएमा बढीमा १.५ प्रतिशतसम्म मौज्दात कमीको मिनाहा दिन सक्ने व्यवस्था पनि संशोधनमा छ ।

बिक्री वितरण गरी फिर्ता भएको तथा बिक्री नभई गोदाममा थन्किएका मदिरालाई पुनःप्रशोधन गरी मदिरा उत्पादन गर्न चाहने इजाजतपत्रवालाले विभागको पूर्वस्वीकृति लिई मदिराको पुनः प्रशोधन गर्न सक्ने व्यवस्था पनि ऐनमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment