Comments Add Comment

कोरोनासँग ‘लिभिङ टुगेदर’मा बसौं : उपप्रधानमन्त्री पोखरेल

२३ भदौ, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना महामारीसँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प नभएको बताएका छन् ।

जनस्वास्थ्यका मापदण्ड पालना गर्दै आफ्नो अस्तित्व कायम हुने गरी कोरोनासँग ‘लिभिङ टुगेदर’ मा बस्नुपर्ने उनले बताए । उपत्यकाका प्रतिनिधिसभा सांसदहरुको ध्यानाकर्षण पत्र बुझ्दै उपप्रधानमन्त्री पोखरेलले भने अहिले प्रचलनमा एउटा शब्द छ, लिभिङ टुगेदर । कोरोना माहामारीसँग पनि होस पुर्‍याएर जुध्दै अस्तित्व कायम राख्नु बुद्धिमानी हुन्छ । अरु उपायतिर जान उचित हुँदैन ।’

कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजकसमेत रहेका पोखरेलले लकडाउन खुकुलो भएपछि बढेको आवतजावतले काठमाडौं उपत्यका संक्रमणको हब बनेको बताए । संक्रमण नियन्त्रणका लागि आइसोलेसन निर्माण गर्दै सरकार अगाडि बढेको उनले बताए ।

ज्ञापनपत्र बुझाउन पुगेका सांसदहरुमध्ये एक नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले भने आइसोलेसन सेन्टर निर्माणसँगै उपत्यका बाहिरबाट आउनेहरुको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए । स्थानीय सरकारमार्फत सर्वसाधारणको कोरोना बिमाको व्यवस्था गर्नुपर्ने उनको धारणा छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद शशी श्रेष्ठले जनता रोगभन्दा भोकले मर्ने अवस्था आएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment