+
+
Shares

पत्रकार बानियाँको परिवारलाई साढे तीन लाख रूपैयाँ सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २३ गते २१:४७

काठमाडौं । दिवंगत पत्रकार बलराम बानियाँको परिवारलाई अमेरिकाको न्युयोर्कबाट राधाकृष्ण देउजाको पहलमा आर्थिक सहयोग संकलन गरिएको छ । संकलित ३ लाख ५७ हजार एक सय ६७ रुपैयाँ उनकी छोरी सुस्मितालाई हस्तान्तरण गरिएको छ ।

गोफण्डमी एकाउण्टमार्फत संकलन गरिएको रकम मंगलबार काठमाडौंमा रहेका पत्रकार टपेन्द्र कार्कीको संयोजनमा परिवारलाई हस्तान्तरण गरिएको छ ।

जीवनभर पत्रकारिताबाहेक कुनै काम नगरेका पत्रकार बानियाँको पेशागत इमान्दारिताको सम्मान र सम्झनामा यो अभियान सुरु गरिएको र ३ हजार ५० डलर ९७ सेन्टस जम्मा भएपछि अभियान बन्द गरिएको देउजाले बताए । उनले छोराछोरीको शैक्षिक अवस्थामा आर्थिक कारणले अवरोध आए थप सहयोग जुटाएर पठाउन तयार रहेको समेत बताएका छन् ।

‘म उहाँ र उहाँको परिवारलाई व्यक्तिगत रुपमा चिन्दिन तर इमानदार पत्रकारको रुपमा उहाँका समाचारको म नियमित पाठक थिएँ, उहाँ दिवंगत भएपछि परिवारजनलाई केही सहयोग गर्नुपर्छ भनेर यो सहयोग संकलन गरेको हुँ’, उनले भने, ‘भविष्यमा छोरा छोरीको शिक्षादिक्षामा आर्थिक कारणले अवरोध आएको थाह पाए त्यसमा पनि सकेको सहयोग जुटाउने छु ।’

पत्रकार बानियाँकी छोरी सुस्मीताले आफ्नो बुबा बलरामको सहज मृत्यु नभएको स्मरण गराउँदै सरकारले इमान्दापरिपूर्वक छानबिन गरिदिन सरकारसँग अनुरोध गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?