Comments Add Comment

बागमती प्रदेशका पर्यटन व्यवसाय नवीकरणको म्याद कात्तिकसम्म

२५ भदौ, काठमाडौं । बागमती प्रदेश सरकारले  प्रदेशमा दर्ता हुने पर्यटनसँग सम्बन्धित व्यवसायको इजाजत पत्रको नवीकरण गर्ने मिति पर सारेको छ । मुलुकभित्र कोरोना भाइरसको महामारीका बीच लकडाउन र निषेधाज्ञाका कारण कार्यालयहरु बन्द रहे ।

सोहीकारण व्यवसायीले इजाजत नविकरण गर्न पाएका छैनन् । बागमती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत वर्षको चैतयता दर्ता नवीकरण हुन नपाएका कम्पनीहरुको दर्ता कात्तिक मसान्तसम्म गर्न सकिने गरी समय थप भएको छ ।

यो अवधिसम्म दर्ता नवीकरण गरेमा नवीकरणमा लाग्ने जरिवाना/विलम्ब शुल्कमा छूट दिने निर्णय समेत प्रदेश सरकारले गरेको हो । सामान्यतया आर्थिक वर्ष सकिनु अगाडि नै व्यवसायको इजाजत नवीकरण गरिसक्नु पर्छ ।

प्रदेश सरकारले तीन तारे होटेलदेखि तलका सबै प्रकारका होटेल, ट्राभल, ट्रेकिङ, र्‍याफि्टङ लगायतका व्यवसाय प्रदेशबाट इजाजत लिने तथा नवीकरण हुने गरी हस्तान्तरण गरेको छ । यसअघि यी व्यवसाय पर्यटन विभागमै दर्ता हुने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment