Comments Add Comment

दिगोद्वारा नेपालमा ई–मोबिलिटीको ३ वटा विद्युतीय व्यावसायिक गाडी सार्वजनिक

२५ भदौ, काठमाडौं । दिगो ग्रुप अफ कम्पनिजले नेपालमा विद्युतीय सवारी साधनको क्रमिक विकासलाई पुनः परिभाषित गर्दै विश्व विद्युतीय सवारी साधन दिवस (वल्र्ड इभी डे) को अवसर पारेर आफ्ना तीनवटा विद्युतीय गाडी सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका सवारी साधनमा दिगो ई–बस, दिगो ई ६–मिनीबस र दिगो डाँफे–माइक्रोबस छन् ।

यी गाडीहरुको प्रारम्भिक मूल्य क्रमशः दिगो ई–बसको १ करोड २६ लाख ५० हजार, दिगो ई६–मिनीबसको ९० लाख र दिगो डाँफे–माइक्रोबसको ४४ लाख रुपैयाँ पर्ने कम्पनिले जनाएकाे छ ।

सवारी साधन सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै दिगोका सिइओ हेमन्त पुरानिकले उच्चस्तरीय कार्यक्षमताका विद्युतीय बसहरु नेपालका ग्राहक र मूलधारका व्यवसायीको चाहनासँग अतुलनीय रुपमा मेल खाने र विद्युतीय बाहनलाई नेपालको मूलधारको सवारी साधन बनाउने बताए ।

‘यी परिवर्तनकारी उत्पादनहरुले नेपालका लागि दिगो र जिम्मेवार मोबिलिटी समाधान दिने हाम्रो प्रतिबद्धतालाई अझ अगाडि लैजान मद्दत गर्नेछन् भन्नेमा हामी विश्वस्त छौं ।’, पुरानिकले भने ।

दिगो ई–बस

दिगो ई–बस प्रिमियम विद्युतीय बस हो । यसका विशेषतामा एबिएस, भेन्टिलेसन फ्यानसहितको रुफ ह्याच, स्टेर लाइट, प्रोटेक्सन बार, एलइडी रुट बोर्ड, रिमोट कन्ट्रोल डोर, डिजिटल घडी, एमपी ३ प्लस रेडियो, चार्जिङ रिसेप्टेकल, एयर कन्डिसनर, हेड रेल लगायत समावेश छन् । यो बसलाई ७० जनासम्म बोक्न मिल्ने बनाउन सकिन्छ । सुरक्षाको दृष्टिले यो बस आगो निभाउने फायर एक्सटिङ्ग्विसर, सेफ्टी ह्याम्मर (चारवटा), पछिल्लो भागमा क्यामेरा, ढोकाको अनुगमन गर्ने प्रणाली जस्ता उपकरणले सुसज्जित छ । यसलाई सार्वजनिक यातायात, अर्बन फ्लिट, सहरभित्रको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल लगायतमा प्रयोग गर्न सकिन्छ ।

१२९ किलोवाट आवरको लिथिअम आइरन फस्फेट ब्याट्री र १४० किलोवाटको मोटर रहेको यो बस एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसन मा २०० किलोमिटरसम्म गुड्छ । यसको प्रतिकिलोमिटर बिजुली खर्च ७ रुपैयाँ १ पैसा पर्छ, जुन करिब २२ रुपैयाँ प्रतिकिलोमिटर पर्ने डिजेल बसको सञ्चालन खर्चको तुलनामा ७० प्रतिशत कम हो ।

दिगो ई६ (मिनीबस)

प्राविधिक रुपमा उन्नत डिजाइनको दिगो ई६ मिनीबस सुविस्ता, सुविधा र बसभित्र उपलब्ध हुने अन्य सम्पूर्ण व्यवहारिक विशेषताको मिश्रण हो । यसले २० जनासम्म यात्रुलाई प्रदूषण र आवाजरहित तथा आरामदायी यात्राको अनुभव दिलाउँछ । आफ्नो व्यवसायलाई अगाडि बढाउन यो एउटा उत्कृष्ट सवारी साधन हो । दिगो ई६ सबै प्रकारका र दीर्घकालीन लचकता प्रदान गर्न र सहन विकास गरिएको सवारी साधन हो ।

यो उच्चतम सुविधा, लागत न्यूनीकरण र कार्बन निष्प्रभावी बनाउन पुनः परिभाषित बिलासी यात्रुबाहक सवारी साधन हो । पर्याप्त फराकिलो भित्री भाग, ठूला सिट तथा पस्न र निस्कन सजिला स्लाइडिङ डोर भएको यो बस निश्चित संख्यामा यात्रु ओसार्नका लागि उत्कृष्ट सवारी साधन हो । यो बसमा आवश्यकता अनुसार १४, १६, १७ र २० जनासम्मको लागि व्यक्तिगत सिट भएको बनाउन मिल्छ । यसलाई सहरभित्रको वा एक सहरबाट अर्को सहरसम्मको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल, टुरिस्ट पिक र ड्रप, स्कुल भ्यान तथा साइट सिइङ भेहिकलको रुपमा प्रयोग गर्न सकिन्छ ।

८० किलोवाट आवरको लिथिअम आइरन फस्फेट ब्याट्री र ११० किलोवाटको मोटर रहेको यो मिनीबस एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसन मा २१० किलोमिटरसम्म गुड्छ (एनइडिसी २८० किलोमिटर )। यो बसको प्रतिकिलोमिटर बिजुली खर्च ३ रुपैयाँ २ पैसा मात्र पर्न आउँछ, जुन डिजेलको करिब १३ रुपैयाँ प्रतिकिलोमिटर खर्चको तुलनामा ७० प्रतिशत कम हो ।

दिगो डाँफे (माइक्रोबस) बारे

११ सिटको दिगो डाँफे डिजाइन, सुविधा र विश्वसनीयताको प्रतीक हो । यो बलियो बहुउद्देश्यीय विद्युतीय माइक्रोबस यात्रालाई सजिलो र आरामदायी बनाउनुका साथै बढीभन्दा बढी आम्दानीका लागि प्राविधिक रुपमा उन्नत विशेषताले भरिपूर्ण छ । डाँफे फ्लिट सर्भिस, सहरभित्रको र एक सहरबाट अर्को सहरसम्मको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल, टुरिस्ट पिक र ड्रप, स्कुल भ्यान तथा साइट सिइङ भेहिकलको लागि उत्तम विकल्प हो ।

४२ किलोवाट आवरको लिथिअम आइरन फस्फेट ब्याट्री र ६० किलोवाटको मोटर रहेको यो सवारी साधन एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसन मा २५० किलोमिटरसम्म गुड्छ (एनइडिसी ३०० किलोमिटर) । यो माइक्रो बसको प्रतिकिलोमिटर बिजुली खर्च १ रुपैयाँ ६ पैसा पर्न आउँछ, जुन डिजेलको करिब ९ रुपैयाँ प्रतिकिलोमिटर खर्चको तुलनामा ८० प्रतिशत कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment