+
+

अर्को जिल्लामा जाँदा आफ्नै खर्चमा १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २५ गते १९:०७

२५ भदौ, काठमाडौं । विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्ति अनिवार्य रुपमा आफ्नै खर्चमा १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नयाँ व्यवस्था अनुसार १४ दिन क्वारेन्टिनमा बस्दा लाग्ने सम्पूर्ण खर्च सोही व्यक्तिले बेहोर्नुपर्ने छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्ति आफ्नै घर अथवा आफ्नै खर्चमा १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने छ । सो अवधिमा कुनै पनि लक्षण नदेखिएमा त्यस्ता व्यक्तिले पीसीआर परीक्षण गर्नु नपर्ने व्यवस्थाका गरिएको प्रवक्ता गौतमले बताए ।

पीसीआर परीक्षणका लागि नमुना संकलन गरेको ७२ घण्टाभित्र रिपोर्ट नेगेटिभ आएकालाई मात्र नेपाल आउन अनुमति दिइने व्यवस्था गरिएको उनले बताए । कोरोना संक्रमण बढ्दै गएको र पीसीआर परीक्षण महँगो पर्ने भएकाले १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?