Comments Add Comment

बार्सिलोना छाड्ने असफल प्रयासपछि मेसीले खेले पहिलो खेल

२८ भदौ, काठमाडौं । क्लब छाड्ने असफल प्रयासपछि लिओनल मेसीले बार्सिलोनाका लागि पहिलो खेल खेलेका छन् । ला लिगाअघि प्रि-सिजनको मैत्रीपूर्ण खेलमा बार्साले जिम्न्यास्टिक दे तारागोनासँग मैत्रीपूर्ण खेल खेल्दा मेसीले पनि खेलेका हुन् ।

३३ वर्षीय मेसीले अगष्ट अन्तिममा क्लबलाई पत्र पठाउँदै क्लब छाड्न चाहेको बताएका थिए । तर १० दिनपछि मेसीले क्लबमै बस्ने निर्णय गरेका हुन् ।

शनिबारदेखि नै स्पेनमा ला लिगा सुरु हुँदा बार्सिलोनाले भने मैत्रीपूर्ण खेल खेलेको हो ।

तेस्रो श्रेणीको जिम्नयास्टिक विरुद्धको खेल बार्सिलोनाले ३-१ ले जितेको छ । त्यसअघि बार्सिलोनाले मेसी नै नयाँ सिजनका लागि कप्तान रहने पक्का गरेको थियो ।

पहिलो हाफपछि मेसी लगायत अन्य खेलाडीलाई दोस्रो हाफमा अरु खेलाडीले रिप्लेस गरेका थिए ।

उक्त खेलमा बार्सिलोनाका लागि ती जना महँगा खेलाडीहरुले गोल गरे । एन्टोनी ग्रीजमन, ओसमान डेम्बेले र फिलिप काउटिन्होले बार्सिलोनाका लागि गोल गरे ।

जिम्नास्टिकका लागि जाभी बोनिल्लाले सान्त्वना गोल फर्काए । ग्रीजमनले बार्सिलोनाका लागि नयाँ सिजनमा ७ नम्बर जर्सी लगाउने छन् । काउटिन्हो जर्मन क्लब बायर्नमा लोन अवधी पूरा गरेर बार्सिलोना फर्केका हुन् ।

बार्सिलोनाले सेप्टेम्बर २७ मा भियारियालसँग घरेलु मैदानमा खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment