Comments Add Comment

ड्रग्स मुद्दामा के रियाले लिएकी हुन् सारा र रकुलको नाम ?

बलिउड नायक सुशान्त सिंहको निधनको मुद्दा अहिले ड्रग्समा मोडिएको छ । नायक सुशान्त र उनकी प्रेमिका रिया चक्रवर्तीले ड्रग्स लिदै गरेको भिडियो नै भारतीय मिडियाले सार्वजनिक गरिसकेका छन् ।

नायिका चक्रवर्ती केही दिनदेखि जेलमा छिन् । उनले एनसीबीसँगको बयानमा बलिउडका करिब २५ जना बलिउडकर्मीले ड्रग्स लिने गरेको खुलाएकी थिइन् । भारतीय मिडियाले सार्वजनिक गरेको केही नाम सबैका लागि आश्चर्यलाग्दो छ ।

भारतीय मिडियाका अनुसार, रियाले खुलासा गरेका नाममा नायिका साराअली खान, रकुल प्रित सिंह, फेसन डिजाइनर सिमोन खम्बाटा, सुशान्तका साथी रोहिणी, कास्टिङ डिरेक्टर मुकेश छबडा लगायत छन् ।

नायिका साराअली खान र नायक सुशान्त सिंह राजपुतले चलचित्र ‘केदारनाथ’मा एकसाथ काम गरेका थिए । भारतीय मिडियाका अनुसार, चलचित्रको छायांकन थाइल्याण्डमा हुँदा सारा र सुशान्तले एकसाथ ड्रग्स सेवन गरेका थिए ।

ड्रग्सको मुद्दामा नाम अगाडि आएपछि नायिका साराअलीको सामाजिक संजालमा ट्रोल भैरहेको छ । साराअलीको करिअर सुरु नहुँदै सकिएको भन्दै ट्विटर प्रयोगकर्ताले उनको मजाक उडाइरहेका छन् । साउथ चलचित्र हुँदै बलिउडमा समेत पाइला राख्दै गरेकी रकुल प्रितको नामले पनि उनका फ्यानहरुका लागि आश्चर्यमा पारेको छ । यो बिषयमा सारा र रकुलले कुनै प्रतिक्रिया दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment